प्रेरक लाइनहरु

उत्कृष्ट मनछुने लाइनहरु शृंखला-१५

१. स्वर्गमा सबथोक छ तर मृत्यु छैन, गीतमा सबथोक छ तर झुट छैन, संसारमा सबथोक छ तर कसैलाई शान्ति छैन, आजकालको मानिसमा सबथोक छ तर धैर्य छैन!

२. मैले पुर्ण र सन्तुष्टि जिबन बाचिरहेको छु मेरो लागि मेरो काम र मेरो परिवार सबैभन्दा महत्त्वपूर्ण हो, अरुको कुरा काट्न होइन!

३. समयले मान्छेलाई चल्नु सिकाउछ भने परिस्थिति र समस्याहरुले मान्छेलाई चिन्नु सिकाउछ!

४. तपाईंले आफ्नो साथिभाई तथा घरपरिवारलाई धोका दिनु सक्नु हुन्छ होला तर आफुले आफैंलाई कहिल्यै पनि धोका दिन सक्नु हुन्!

५. आजभोलि मन सफा हुनु पनि सजाय नै रैछ यो स्वार्थी दुनियाँमा हरेक मान्छे आफ्नो स्वार्थ पुरा गर्नु मात्र खोज्छन्!

६. दुनियाँलाई हराउनु नै छ भने जोक्स होइन आफ्नो दुख पिडा सुनाइ दिनुहोस् हास्नु त के कुरा अलि पर्तिर पुगेपछि नाचिनी दिन्छ!

७. ज्ञान लिएर र ध्यान गरेर कहिले मानिस बुडो हुदैन। कु-बुद्धि र कु-बिचारले मानिसलाई चाडै बुडो बनाउछ।

८. साथी यदी साथमा छ भने रुनुपनी शान हुन्छ, साथी यदी छैनन् भने भिड्भाडमा पनि शमशान हुन्छ, साराखेल साथिकै हो नत्र भने मलामी र जन्ती पनि एक समान हुन्छ साथि त साथी नै हो!

९. मन्दिरमा ती भगवान छन् जसलाई हाम्रो हातले बनायो,र जुन घरमा बाबाआमा छन् ती नै भगवान हुन् जसले हामीलाई बनाएर यो दुनियाँमा पुराउनु भो!

१०. कहिलेकाहीँ आफ्ना मान्छेहरूबाट टाढा हुन् आवश्यक छ ,यदि उनीहरूले वास्ता गर्छन् भने खोजी गरि हालछन् यदि गर्दैनन् भने थाहा हुन्छ आफू कहाँ उभिएको छु भनेर!

११. कसैलाइ केही उपहार दिनु छ भने मिठो बचन दिनुहोस् त्यो भन्दा ठूलो दुनियाँमा अरु उपहार केही छैन!

१२. समयले तपाईंलाई परिवर्तन गर्नु भन्दा पहिले तपाईंले नै समयलाई परिवर्तन गरेर देखाउनु होस् जिउनु सजिलो हुन्छ!

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!