प्रेमिल लाइनहरु

केहि प्रेमिल लाइनहरु -६

१. जिन्दगीमा हास्न त जहिले नि सकिन्छ तर रुन लाइ त पीडा हरसमय त हुदैन ।

२. थहा छ उसलाई मेरो मुटु पत्थरको होईन तरपनि उ चोट र पिडा दिन कहिल्यै पछि हटिन ।

३. धेरै दिल तिनीहरुले नै दुखाउदा रैछन जसलाइ आफुलाइ भन्दा धेरै माया गरिन्छ ।

४. कहिले काहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपावोस्,मेरो कानले अरु को बोलि सुन्न नपावोस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अबगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।

५. जीन्दगीमा सबैभन्दा पीडा मन टुट्दा होइन भरोसा टुट्दा हुनेगर्छ, किनकि हामी कसैलाई भरोसा गरेपछि मात्रै मन पराउने गर्छौ ।

६. प्रेम त अझै पनि गर्छु नि तिमीलाई, बस तिमी मेरो हौ भन्ने अधिकार मात्र छैन ।

७. खै कुन्नी प्रेममा किन यस्तो हुन्छ , जसलाई मनले चाहेको हुन्छ उसैलाई गुमाउन बाध्य हुनुपर्छ ।

८. ‪पीडा कम भएको छैन । बस् पीडा सहने बानी अलि बढी भएको छ ।

९. ‪धेरै सजिलो छ झुठ बोलेर कसैको भरोसा तेड्न‬ ‪र धेरै गाह्रो छ साँचो बोलेर कसैको मन दुखाउन ‬।

१०. प्रेम यसरी गर छोडेर गएकाले पनि तिम्रो प्रेम सम्झेर फेरि फर्केर आउन् ।

११.‪मेरो मात्र होइन अरु पनि धेरै कहानीहरु अधुरै रहे होला । ‪यहि सोचेर आजभोलि मेरा आखामा आँसु थामिने गर्छन्।

१२. कति धेरै याद आउँछ उसको जो साथमा बस्न कहिल्यै मानेन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!