प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन १

१. यहाँ यस्तै छ; पुरुष अलि धेरै बोले ‘फरासिलो’ हुने तर त्यहि महिला धेरै बोले ‘उत्ताउली’ हुने ।

२. रिसाएर छोडी जानेहरु पछी फर्किएर आउँन सक्छन तर ति जो चुपचाप जाने गर्दछन तिनीहरु फर्केर आउदैनन ।

३. सच्चा मायाको परिभाषा हुदैन माया त्यहाँ पनि हुन्छ जहाँ आशा हुदैन ।

४. मायामा धोका हुदैन, धोका त्यहाँ हुन्छ जहाँ माया हुदैन ।

५. मलाई संसार जित्नु छैन बस, खुसिका दिनहरु बच्नु छ ।

६. जिन्दगिको भारी बोक्दा बल्ल थाहा भयो कि स्कुलको ब्याग त धेरै हलुका थियो ।

७. म हरेक पाइलामा त्यो मान्छेलाइ खुसि देख्न चाहन्छु जसलाई म हरेक बिहान ऐनामा देख्दछु ।

८. म कहिल्यै कसैलाई रुवाउदीन किनकि मलाई थाहा छ मेरा पनि आँखा छन् ।

९. बडो दोधारमा छु म; भविष्य सम्झेर कमाऊ कि मृत्यु सम्झेर रमाउ ?

१०. हास्दै गरेको गरिवलाइ देखेर आज यो महशुस भयो कि खुसि हुन धन चाहिने रहेनछ ।

११. जब आफ्नाले मन दुखाउछन्, रिस भन्दा पहिले आशु झर्छ ।

१२. पहिलो पटक गल्ति गर्ने- अन्जान, दोस्रोपटक गल्ति गर्ने- बेइमान र तेस्रो पटक गल्ति गर्ने- शैतान ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!