प्रेरक लाइनहरु

कही मनछुने लाइनहरु – संकलन ६

१. म हिडेको बाटो गलत हुन सक्छ तर मेरो सोच गलत होइन, बाहिरी दुनियाको कुरा गर्ने हो भने त चित्त नबुझे उनीहरुले भगवानको पनि कुरा काट्दछन् ।

२. बिरामी हुदा सबैले भन्छन आफ्नो ख्याल राख्नु भनेर तर कसैले भन्दैनन् तिम्रो ख्याल म राख्नेछु भनेर ।

३. अन्धो त थिइन म तर केहि मान्छेहरुलाइ चिन्न सकिन ।

४. रिल भएको क्यामेरा र दिल भएको मान्छेको जमाना नै सकिएछ, कठै जमाना त सेल्फी लिने र सेल्फिस हुने मनहरुको निम्ति रहेछ ।

५. पुरा भउन वा अधुरा रहुन सपना त सपना नै हो नि; त्यसलाई बस सजाउन छोड्नु हुदैन ।

६. बाटोमा कडा छ भने जुत्ता आफैले बलियो लगाउनु पर्छ, बजारमा हजार मन दुखाउने छन् भने आफैले आफ्नो मनलाई बलियो बनाउनुपर्दछ ।

७. मन्दिरमा के नै छ र पुज्न; आफ्नो छाक काटेर खुवाउने आमा र ऋण काढेर पढाइदिने बुवा नै भगवान हुन् ।

८. मन नै फोहोर छ भने जुत्ता खोलेर मन्दिर छिर्नुको के अर्थ ।

९. निस्सासिएको छु आमा यो शहरमा जहाँ घर थपिदै छ तर मन पातलिदै छ ।

१०. निकै पिडादाएक हुन्छ त्यो घाउ जुन विना गल्ति मिलेको हुन्छ ।

११. भनिन्छ मायामा कुनै सर्त हुदैन; तर म भन्छु मायाको पहिलो सर्त इज्जत हो- जसले इज्जत दिन सक्दैन उसले कदापी माया गर्न सक्दैन ।

१२. लेखु भने त मनमा धेरै छन कुरा तर दुनियालाइ सुनाएर के काम ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!