सफलताको लागि

टप ५ विजनेसम्यानका सफलताको रहस्य

१. एन्ड्र्यु कार्नेगी
स्टिल किङ कार्नेगीले एक कक्षा पनि पढेका होइनन् तर उनी आफ्नो युगको सबैभन्दा धनी मान्छे थिए । उनको सफलताको रहस्री हो, नयाँ चिज सिक्ने र खोज्ने प्रयास । जसका निम्ति उनले प्रती महिना ६०० मा सुति मिलमा काम गर्ने देखि टेलिग्रफसम्म काम गरे । उनको अर्को रहस्य हो, बचत गर्नु । उनले कमाएको थोरै-थोरै रकम जम्मा गरिकार तथा तेलको क्षेत्रमा लगए र सफल हुन सुरु गरे ।

२. जोन डि रकेफेलर
अत्यन्त गरिब अनि एकदमै कम शिक्षित रकेफेलरको सफलताको रहस्य हो; काम प्रतिको एकाग्रता । २३ वर्षको उमेरमा तेलको क्षेत्रमा छिरेका उनी राती पनि काम गरिरहन्थे । उनी कहिल्यै मोजमस्ती र मनोरञ्जनमा समय खेर फाल्दैनथे । उनी कहिल्यै नाटकघर जाने, तास खेल्ने, पार्टिमा जाने गर्दैनथे । एक्निष्ट भएकै कारण अमेरिकाको ९०% तेल प्रसोधन केन्द्रको मालिक बने ।

३. किङ सि जिलेट
२०० बढी देशमा फैलिएका ब्लेड कम्पनिको मालीक जिलेट २८ वर्षसम्म हल्लिएरै बसेका थिए । उनको सफलताको रहस्य हो नयाँ विचार र जोखिम मोल्नु । एकजना सथिले उनलाई लहैलहैमा भन्यो, ‘यार सामान बनाउनु त यस्तो जुन एकपटक प्रयोग गरेपछि फाल्नै परोस् ।’ यस्तैमा छुरीले दारी काटीरहदा उनलाई ब्लेड बनाउने उपाए आयो । यो नयाँ विचार थियो । अनि जोखिमपूर्ण पनि । पहिलो वर्ष उनले ब्लेड त निकाले तर पुरै एक वर्षमा ५१ वटा मात्रै विक्यो त्यो पनि हुलाकबाट । पछि पेटेन्ट पाएपछी ब्लेड्ले दारी कट्ने बानी नै बन्यो । उनी खर्वपती बने ।

४. रे रेक्राक
म्याक डोनाल्ट फ्रेन्चाइजी बनाएर दुनियाँ भर कारोबार फैलाउने रेक्राकको सफलताको रहस्य हो; ठूलो सोचाइ । हुन त उनी ५२ वर्ष सम्म असफल मान्छे थिए । पछि उनको ठुलो दायराको सोचाइले सबैथोक बदलिदियो । खासमा म्याक डोनाल्ड ह्याम बर्गर उनको रचना होइन । दुई दजुभाइले एउटा मल्टी मिक्स्चरको दोकान चलाउथे । उनी त्यहा गए र देखे १५ सेन्टको ह्याम बर्गरको लागि मान्छेहरु लाइनमा उभिएर चिच्याइरहेका थिए । रेक्राकले यस्तै अरु खोल्न भने तर ती दाजुभाइले यतिले नै पुगेको भने । पछि उनले उनिहरुबाट अधिकार किने र यसलाई व्यपक बनाए । भन्न परोइन, उनको मृत्युुसम्म उनको ५० करोड डलर बढी सम्पती थियो र ३० देशहरुमा ७७७८ रेस्टुरा थिए जहाँ ३ विलियन डलरको कारोबार हुन्थ्यो ।

५. बिल गेट्स
संसारको सबैभन्दा धनी विल गेटसको सफलताको रहस्य हो, भविष्यलाई बुझ्न सक्नु । उनको समयमा अन्य कम्प्युटर कम्पनी हार्ड्वयर बनाउन तर्फ तल्लिन थिए किनभने त्यही बिक्थ्यो, सफ्टवेयर बनाउनु घाटाको कुरा थियो । तर गेट्स्ले पहिलोपटक एम.एस. डस प्रोग्राम किन्ने देखि वोर्ड, एक्सेल जस्ता सफ्टवेयर निर्माण गरे । जुन अहिले हरेक कम्प्युटरको अभिन्न अङ्ग बनेको छ र उनी खर्बपती । उनको बारेमा माइक टाइलेरले भनेका थिए, ‘माइक्रोसफ्टका कर्मचारी जहिल्यै काम गरिरहन्छन्, उनिहरु सुत्छन जस्तो मलाई लाग्दैन । समय बचाउन गेट्स कार चलाउदा पनि फोनमा व्यस्त हुन्छन् । हवाईजहाज भ्याउन एकदमै समयमा पुग्छन् । उनी एकै पटकमा धेरै काम गर्छन् । अनि, गेट्स टि.भि हेर्दैनन् किनभने उनी यसलाई आफ्नो अमुल्य समयको बर्बादी मान्छन् ।

सकारात्मक कुरा शेयर गर्नु प्रतिष्ठाको कुरा हो, यसलाई नगुमाउनुस् । विजनेसमेन बन्न चाहने तपाइको सथीलाई सहयोग पुग्न सक्छ । 

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!