प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु

१. तपाईलाई अरुले पहिला देख्छन् अनि मात्र सुन्छन्, त्यसैले कहिलेकाही बोलि मात्र मिठो भएर हुदैन, आफ्नो रुप पनि राम्रो राख्न जरुरी हुन्छ।

२. धनको लागि आफ्नो इच्छा नमार्नु होला, आफ्नै रुचीको काम गर्दै जानुस्, त्यसमै पोख्त हुनुहोस्, एकदिन तपाईको रुचीको कामले नै तपाईको लागि धन सिर्जना गर्नेछ।

३. यो मानिसको स्वाभाव नै हो, जे उसले याद गर्नु पर्ने हो, त्यो कुरा उसले बिर्सिन्छ र जे उसले बिर्सिनु पर्ने हो, त्यो कुरा उसलाई सधैँभरि याद रहन्छ।

४. काम शुरु गर्ने मान्छे महान हैन, महान त काम सकाउने मान्छे हो।

५. जहाँ गएपनि जसलाई भेटेपनि राम्रो व्यवहार नै देखाउनु होला, किनकी तपाई त्यो ठाउ फेरी पनि जानु पर्ने हुनसक्छ।

६. जीवनको अर्थ एउटा उपहार खोज्नु हुनुपर्छ भने, जीवनको उद्देश्य त्यो उपहार अरु कसैलाई प्रदान गर्नु।

७. हरेक विजेता त्यो हार खाएको मानिस हो जसले फेरी प्रयास गर्न जानेको हुन्छ।

८. कुनै पनि सामान यदि “क” वर्गको एउटा किन्न सक्नुहुन्छ भने ३ ओटा “ग” वर्गको नकिन्नु होला।

१०. चक्कु, चुलेसी र हसिया बिचको झगडा रोक्न अगाडी नबढ्नुहोला, तपाईं पक्का घाइते हुनुहुन्छ।

११. धर्तीमा पानी जबसम्म सुरक्षित छ, तबसम्म हाम्रो भोलि सुरक्षित छ।

१२. सत्य तथ्य नबुझी अनुमान गर्नु, निरास हुनुको मुख्य कारण हो।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!