प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

सफलता सम्बन्धि बाह्र भनाइहरु [पाचौ खण्ड]

१२. सम्मान बिनाको सफलता नुन बिनाको खाना जस्तै हुन्छ, तपाईको भोक त मेट्न सक्छ तर तपाईले स्वाद भने पाउन सक्नुहुन्न।
– जो पैटेर्नो

११. सफल विवाह त्यो हैन जसमा दुवै श्रीमान र श्रीमती ‘सर्वगुण सम्पन्न’ हुन्छन्, असल विवाह त त्यो हो जसमा श्रीमान श्रीमतीले आफुबीच हुने मतभेद पश्चात पनि खुशी खोज्न सक्छन्।
– डेव मेयूरर

१०. चन्द्रमा पुगेका मानिसहरु पनि माटोमै खेल्दै हुर्केका हुन्।
– इभान तुर्जेनेभ

९. जीवनमा सफलता प्राप्त गर्नको लागि ३ कुराहरु आवश्यक हुन्छ : इच्छाशक्ति, दृढता र अर्को भनेको हास्न मुस्कुराउन सक्ने शक्ति हो।
– रेबा मेकिनटायर

८. कुनै पनि कार्य पुरा गर्नको लागि सर्वश्रेष्ठ समय पर्खेर नबस, विश्वास राख तिम्रो सर्वश्रेष्ठ समय अहिले नै हो।
– ओपराह विनफ्रे

७. जिवनको दुःखान्त यो होइन कि तपाईले लक्ष्य पूरा गर्न सक्नुभएन बरू यो हो कि तपाई सँग पूरा गर्नका लागि कुनै लक्ष्य नै थिएन ।
– बेन्जामिन मेस

६. आज गरेको मेहनत वृक्षारोपण गरेजस्तै हो, त्यसको फल तपाईले नै एकदिन खान पाउनु हुनेछ।
– ओजी मन्दिनो

५. यदि कुनै पनि मानिसले तपाईंलाई क्रोधमा ल्याउन सफल हुन्छ भने तपाईं त्यो मानिसको हातको पुतली हो।
– एलिजाबेथ कैन्नी

४. कुनै कामको योजना बनाउदा यदि तपाईं एक मिनेट खर्च गर्नुहुन्छ भने त्यही काम कार्यान्वयन हुदा तपाईंको १० मिनेट बचत हुन्छ।
– ब्राइन ट्रेसी

३. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।
– विलयम शेक्सपियर

२. यदि तपाई आफ्नो प्रतिभाले उत्कृष्ट हुन सक्नुहुन्न भने प्रयास जारी राखेर एकदिन उत्कृष्ट हुनुहोस्।
– डेव वीनबाउम

१. अरुलाई नियन्त्रित गर्न सक्ने व्यक्ति शक्तिशाली हुनसक्छ तर जसले स्वयम् आफुलाई मजाले नियन्त्रित गर्न सक्छ उ महान बलशाली हुन्छ।
– ताओ ते चिंग

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!