प्रेमिल लाइनहरु

बाह्र यथार्थ लाइनहरु [पाँचौं खण्ड]

१. यदि तपाईले प्रकाश भेटिरहनु भएको छैन भने आफै सुर्य भैदिनुस्।

२. यदि तिम्रो शत्रूले गल्ती गरिरहेको छ भने, उसलाई बाधा नपुर्याउ।

३. एउटा राम्रो शिक्षकले तपाईमा आशा, कल्पना र विश्वासको उत्तम समिश्रण दिलाउन सक्छ।

४. को शक्तिशाली को कमजोर भनेर भेदभाव नगर्दा नै राम्रो, खेल सकिएपछि त चेसका सबै गोटीहरुलाई पनि एकै डब्बामा राखिन्छ।

५. समयले निर्धारित गर्छ हामि आफ्नो जीवनमा कसलाई भेट्छौ, मनले निर्धारित गर्छ हामि आफ्नो जीवनमा कसलाई चाहन्छौ र हाम्रो व्यवहारले निर्धारित गर्छ कि हाम्रो जीवनमा को हामिसँग बस्छ।

६. कुनै पनि धर्ममा आफ्नो धर्मलाई टिकाउन र फैलाउन दोश्रो धर्मलाई मार्नुपर्छ भनि लेखिएको छैन ।

७. कहिले काही बोल्दा भने कहिले कहिँ चुप बस्दा समस्याहरु उत्पन्न हुन सक्छन, कहिले बोल्ने कहिले चुप लाग्ने बिचार गर्नु पर्छ।

८. कसैलाई आफु बाच्नुको कारण तबसम्म थाहा हुदैन जबसम्म उ कुनै कुराको लागि मरी मेटिदैन।

९. जितको मजा तब मात्र आउछ जब सबै तिम्रो हारको पर्खाइमा हुन्छन।

१०. जब तिम्रो छिमेकीको घरमा आगो लाग्यो भने तिम्रो सम्पत्ति पनि खतरामा पर्दछ ।

११. अरुबाट पाएको गहिरो मायाले तिमीलाई अपार शक्ति दिन्छ भने अरुलाई गरिने मायाले तिमीलाई साहस दिन्छ ।

१२. जिन्दगीमा काम प्रभाव पार्नको लागि गर्न पर्छ, पैसाको लागि हैन।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!