प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [पन्ध्रौ खण्ड]

१. भाग्य लेखिएको हुदैन यो त तपाईले लेख्नुपर्छ, तपाईले जस्तो चाहन्छौ त्यस्तै आफ्नो भाग्य पनि लेख्न सक्नुहुन्छ ।

२. हजारौ सामान्य शब्दहरू सिक्नुभन्दा पनि एउटा त्यस्तो अनमोल शब्द सिक्नुस जसले ति हजारौ शब्दहरूलाई जित्न सक्छ ।

३. यदि तपाईको मनमा खोट छ भनेपनि बोली मिठो बोल्नुस किनकी, अरूले तपाईको मन होईन कि शब्दहरू सुन्छन ।

४. जबसम्म तपाईले आफै हार मान्नुहुन्न तपाईलाई कसैले पनि हराउन सक्दैनन् ।

५. जहिलेसम्म तपाईले आफ्नो शक्तीको उपयोग गर्न सक्नुहुन्न, अरूले तपाईको शक्तीको महशुस गर्न सक्दैनन् ।

६. राम्रो बाटोबाट त सबैले गन्तव्यसम्म पुग्न सक्छन तर तपाई त्यो बाटोबाट गन्तव्यसम्म पुगेर देखाउनुस, जुन भत्किएको छ।

७. सफलता र असफलता बिचको पलमा त्यती मात्र फरक हुन्छ जति जिबन र मृत्युको बिचको पलमा हुन्छ ।

८. महान सपनाको कुनै मोडमा जब सबैले तपाईको साथ छोड्नेछन, तब मलाई सम्झिनु मैले साथ दिन नसकेपनि तपाईलाई कहिल्यै पनि एक्लोपनको महसुस हुन दिने छैन ।

९. हरेक महान सपना देख्ने मान्छेहरूको सपना नै मेरो सपना हो, म चाहन्छु कि यो संसारका हरेक मान्छेहरूले महान सपना देख्न सकुन ।

१०. तपाई किन सफल हुन सक्नुभएन के तपाईको सपना धेरै सानो थियो र ।

११. एउटा सानो सपनाभन्दा राम्रो त यो छ कि सपना नै नदेख्नुस किनकी साना साना सपनाहरूले चोट बढि दिन्छन र खुसी अलिकति मात्र दिन्छन ।

१२. समयले तपाईलाई परिवर्तन गर्नुभन्दा पहिले तपाई समयलाई नै परिवर्तन गरेर देखाउनुस ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!