प्रेरक लाइनहरु

बाह्र यथार्थ लाइनहरु [सोह्रौं खण्ड]

१. जब तपाईलाई कसैले बिनाकारण गाली गर्दछ, उसलाई मुस्कुराहट दिनुहोस र केही समयपछि त्यो आफै पछुतोमा जल्नेछ ।

२. एक पलको सफलताले हजारौ पलको चोट र पिडालाई पलभरमै मेटीदिन्छ ।

३. यदी तपाई आफै आफ्नो जिन्दगीको उपयोग गर्न सक्नुहुन्न भने यसलाई अरूको लागी उपयोगमा लगाईदिनुस ।

४. एउटा बुद्दीमान मान्छे आफ्नो कमजोरीलाई सफलताको कारण बनाउछ भने एउटा मुर्ख मान्छेले आफ्नो कमजोरीलाई नै आफ्नो बिफलताको कारण बनाउदछ ।

५. मेरो सपना नै यही हो कि यो संसारमा कोही कसैको दुखको कारण बन्न नसकुन ।

६. धनी यती बन्नुस कि तपाईले जती पनि मुल्यवान चिज किन्न सक्नुहुन्छ, मुल्यवान यती बन्नुस कि यो संसारको कुनै धनी भन्दा धनी व्यक्तीले पनि तपाईलाई किन्न नसकोस ।

७. तपाई आफ्ना मित्र भन्दा पनि शत्रुलाई बढी चाहनुस किनकी तपाईका शत्रुहरूले तपाईको कमजोरी पत्ता लगाउनमा मद्दत गर्नेछन ।

८. तपाई त्यसको लागी चिन्ता नगर्नुस जुन तपाईले गुमाईसक्यौ किनकी जुन तपाईको नै थिएन त्यो तपाईको कसरी हुन सक्थ्यो र ।

९. जुन तपाईका आफन्तहरू हुन ति तब मात्र दिखाईदिन्छन जब तपाई धेरै ठुलो समस्यामा पर्नुहुन्छ ।

१०. यो संसारमा दुई थरिका मान्छेहरू हुन्छन एउटा कुनै नया कुराको शिर्जना गर्ने र अर्का ति शिर्जना गरेका कुराहरू सिक्न चाहने ।

११. जब तपाई कसैको अविस्कार लाई प्रयोग गर्न सक्नुहुन्न भने एकछिन सोच्नुस त त्यो मान्छे पनि कुनैदिन तपाई जस्तै सामान्य थियो नि ।

१२. अरूको गल्तीबाट सिक्नुस आफ्नो गल्तीबाट सिक्न तपाईको आयु धेरै छोटो छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!