जिन्दगीसित तपाईं जे पनि राम्रो भन्दा राम्रो लिन सक्नुहुन्छ लिनुस, किनकी जब जिन्दगीले लिन शुरु गर्छ तब श्वास सम्म छोड्दैन ।
10 मिलेर पनि दुई लाई पाल्न सक्दैन, तर दुई मान्छे यस्तो हुन्छ जो दुई भएर पनि 10 लाई पालिदिन्छ – आमा बुवा ।
जब हिड्न आउदैन थियो तब लड्न दिदैन थियो मान्छे जबदेखी सम्हालेको छु आफुलाई कदम कदममा लडाउन सोच्छन मान्छे ।
निद्रा त बचपनमा आउथियो अब त बस मोबाइललाई रेस्ट दिनको लागि मात्र सुत्छौ ।
जब कसैले दिल दुखाउछ भने चुप लाग्नुपर्छ किनकी जसलाई हामी जवाफ दिन सक्दैनौ त्यसलाई समयले जवाफ दिन्छ ।
कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती।
सबैलाई माया गर, केहीलाई मात्र विश्वास गर र कसैलाई पनि नराम्रो नगर।
संसारको सबैभन्दा सुन्दर चिज हेर्न र छुन सकिंदैन त्यसलाई मात्र मनले अनुभव गर्न सकिन्छ।
मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ।
कहिलेकाहीं आँखाले देख्न नसकिरहेको कुरा मनले देख्न सक्छ।
पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो।
आफूलाई बदल्न सक्ने ताकत नै संसार बदल्न सक्ने ताकत हो।
सब थोक पाएर दुखी हुनु भन्दा सबै थोक गुमाएर सुखी हुनु महान कुरा हो।
यदि धर्मबाट विज्ञानलाई झिक्ने हो भने धर्म लंगडो बन्छ, विज्ञानमा यदि धर्मलाई नजोड़ने हो भने विज्ञान अन्धो हुन्छ।
जहाँ प्रेम हुन्छ त्यहाँ नियम हुदैन, जहाँ नियम हुन्छ त्यहाँ प्रेम हाेइन।
यस्तो खेल किन खेल्नु जसमा जित्नु फिक्स हुन्छ, खेलको मजा त त्यसमा छ जसमा हार्नुको रिस्क हुन्छ ।
फेरि देखि माटोमा खेल्न देउ ए जिन्दगी साफसुत्रा जिन्दगी त्यो माटोको भन्दा धेरै फोहोर छ ।
मतलबको दुनियाँमा सम्हालिएर हिड्नु यहाँ मान्छेले आफ्नै हातले गाडेर भुलिदिने गर्छन कि चिहान कुन थियो ?
मन्दिर पनि कस्तो गजबको ठाउँ हो; गरीब बाहिर भिख माग्दछ , धनी भित्र ।
कसैलाई घर बनाउनमा जिन्दगी बित्ने गर्छ , कसैको घर यति धेरै कि वर्षैवर्षमा फेरीरहन्छ ।
हामी पनि फुलको जस्तै कति विवश छौ, कहिले किस्मतले टुट्छौ त कहिले मान्छेबाट ।
समयले धेरै घाउ दिन्छ त्यसैले घडीमा फुल होइन काँडा हुने गर्छ ।
माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !