प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

फ्रान्सिस बेकनका सोह्र सर्वोत्कृष्ट भनाइहरू

१. आशा एक राम्रो ब्रेकफास्ट हो तर खराब रात्रीभोज ।

२. ज्ञान नै शक्ति हो ।

३. यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।

४. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ ।

५. श्रिमतीहरू युवा अवस्थाका प्रियशी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।

६. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।

७. कहिलेकाँही खराब व्यक्तिले असल सुझाव दिन सक्दछ ।

८. हामीले प्रकृतीलाई अनुशरण गर्न बाहेक निर्देशित गर्न सक्दैनौ ।

९. क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्वपूर्ण हुन्छन् ।

१०. न्यायको क्षेत्र एउटा खोक्रो ठाँउ हो ।

११. प्रकास चम्कनको लागि पनि त अध्यारोको आवश्यकता पर्दछ ।

१२. सबैभन्दा राम्रो सुन्दरता छालामा हुदैन बरु त्यहा हुन्छ जसलाई क्यामेराले खिच्न सक्दैन ।

१३. मित्रताले खुसीलाई दुइगुना गराउदछ भने पिडालाई आधा कम ।

१४. एकैपटक कसैलाई माया गर्नु र बुद्दीमान बन्नु संभव छैन ।

१५. म कहिल्यै बुढो हुनेछैन किनकि बुढोपान मेरो लागि म अहिले जुन उमेरको छु त्यो भन्दा १५ वर्ष बढी उमेराको लाइ मात्र भनिन्छ ।

१६. सत्य समयको छोरी हो बाउ होइन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!