प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

महात्मा गान्धीका १६ महत्वपूर्ण भनाइहरू

१. जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुदैन ।

२. स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।

३. पुस्तक र मोतीमा यत्ती फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।

४. कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।

५. पहिला तिनीहरूले वेवास्त गर्नेछन्, त्यसपछी तिमी उपर हास्नेछन्, त्यसपछी लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ ।

६. तिमीले संसारलाई जस्तो पर्वर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।

७. यसरी बाँच कि तिमी भोली नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाँच्दैछौ ।

८. मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्दछ ।

९. यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।

१०. मेरो अनुमती विना कसैले पनि मलाई पिडा दिन सक्दैन ।

११. खुसि तब मिल्छ जब तिमीले सोच्ने, तिमीले भन्ने र तिमीले गर्ने कुराबीच मेल हुन्छ

१२. यदि तिमि संसारमा साचो शान्ति चाहछौ भने आफ्नो बच्चाहरुबाट त्यसको सुरुवात गर

१३. आफुलाई चिन्नको निम्ति सबैभन्दा उत्तम उपाए अरुको सेवामा आफुलाई समर्पित गर्नु हो

१४. महानता पाएपश्चात होइन बरु पाउनको निम्ति गरिने संघर्षमा हुन्छ

१५. तैले मेरो आँखा फोडीस् म तेरो फोड्छु भनेर आँखाको बदला आँखा गर्ने हो भने संसार पुरै अन्धो हुन्छ

१६. तिमीले आज जे गर्छौ त्यसैमा नै तिम्रो भविष्य अडिएको हुन्छ

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!