प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

ओप्रा विन्फ्रीका १६ उर्जाशील भनाइहरु

१. जब तिमि आफैले आफ्नो कामको भ्यालु गर्दैनौ भने संसारले तिम्रो भ्यालु गर्नेछैन ।

२. यदि यो पलमा तिमीले राम्रो गर्छौ भने यहि पलले तिमीलाई आउने अर्को पलमा राम्रो स्थानमा पुर्याउनेछ ।

३. तिमि आफूसँग जे छ त्यसैमा धन्य हुन सिक्यौ भने अरु धेरै पाउने छौ । तर, आफूसंग जे छैन त्यसैमा चिन्तित हुन थाल्यौ भने तिमीले कहिल्यै पर्याप्त पाउने छैनौ ।

४. आफ्ना चोटरुलई आफ्नो शक्तिमा बदल ।

५. पर्ख तिमीले चाहेको सबै पाउनेछौ, होला एकैपटक नपाउन सक्छौ तर समयसंगै सबै पाउनेछौ ।

६. जिन्दगीमा सिक्नको निम्ति सबैभन्दा गाह्रो पाठ भनेको जिन्दगीको कुन साङ्गो (पुल) तर्ने र कुन चाही जलाउने भन्ने हो ।

७. त्यस्ता मानिसहरुको माझमा मात्र आफुलाई उभ्याउ जसले तिमीलाई अघि बढाउने सामर्थ्य राख्दछन ।

८. साचो क्षमा भनेको त्यो हो जहा तिमिले भन्न सक्नेछौ “धन्यवाद तिमीलाई जीवनमा यति ठूलो पाठ सिकाएकोमा ।”

९. तिमि जे चाहन्छौ त्यो बन्दैनौ बरु तिमि जे विश्वास गर्छौ त्यहिँ बन्दछौ ।

१०. तिमि जे गर्न सक्दौनौ त्यहि गर । असफल बन । तर फेरी प्रयाश गर । दोस्रो पटक अरु अनुभव र मेहेनतका साथ गर । तिनीहरु मात्र खस्दैनन जसले उचो शिखरमा ध्वज फहराउने कुनै प्रयाश गरेका छैनन् ।

११. तिमीले जिन्दगिमा त्यहि पाउछौ जसलाई पाउनको निम्ति माग्ने आँट गर्न सक्छौ ।

१२. कहिलेकाहीँ हामीले थाहा नपाए पनि मलाइ लाग्छ हाम्रो जीवनमा जे घट्छ त्यसको कुनै एउटा कारण पक्कै हुन्छ ।

१३. तिमीले आफ्नो जिवानमा उठाउन सक्ने सबैभन्दा रोमाञ्चक यात्रा भनेको आफुले चाहेको जस्तो जिन्दगि बाच्नु हो ।

१४. तिम्रा हरेक अनुभवका साथ तिमिले आफ्नो जीवानाको क्यानभासमा रंग पोतिरहेका छौ, हरेक एक एक विचारको सहित, हरेक एक एक रोजाई सहित ।

१५. अघि बढ र सतहसम्म खस, तब तिमीले सतहबाट देख्नेछौ कि संसार निकै फरक छ ।

१६. अवसरले त एक पटक मात्र ढकढक्याउछ, लोभलालच त तिम्रो ढोकाको घन्टीमै टासिएर बसेको हुन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!