प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

कन्फ्युसियसका विद्वातापूर्ण १६ भनाइहरु

१. जुन मानिसले प्रश्न गर्छ उ केही समय मुर्ख देखिन्छ तर जसले प्रश्न गर्न सक्दैन उ जिन्दगीभर मुर्ख बन्नेछ ।

२. हरेकथोकमा सुन्दरता हुन्छ तर सबैले त्यो देख्न सक्दैनन् ।

३. बदलाको बाटोमा अघि बढ्नु भन्दा पहिले दुइ ओटा चिहान खनेर तयार राख ।

यदि एक वर्षको निम्ति सोच्दछौ भने धान रोप । यदि दश वर्षको निम्ति सोच्छौ भने रूख रोप । यदि सय वर्षको निम्ति सोच्दछौ भने शिक्षामा लगानी गर ।

४. जुन व्यवहार आफैले आफैलाई गर्न चाहन्नौ त्यो व्यवहार अरु प्रति नगर ।

५. कसैलाई माया गर्न गाह्रो हुन्छ तर घृणा गर्न सजिलो हुन्छ । संसार यसरि नै चलेको हुन्छ । राम्रो कुरा प्राप्त गर्न गाह्रो हुन्छ तर नराम्रो कुरा सजिलै पाइने हुन्छ ।

६. पहिले आफुलाई सम्मान गर तवमात्र अरुले तिमीलाई सम्मान गर्नेछन ।

७. तिमि जहा जान्छौ पुरै हृदयका साथ जाउ ।

८. यदि एक वर्षको निम्ति सोच्दछौ भने धान रोप । यदि दश वर्षको निम्ति सोच्छौ भने रूख रोप । यदि सय वर्षको निम्ति सोच्दछौ भने शिक्षामा लगानी गर ।

९. यदि कसैले ‘म सक्छु’ भन्छ र अर्कोले ‘म सक्दिन’ भन्छ भने दुवैजना सहि छन ।

१०. यदि तिमीले कुनै गल्ति गर्छौ तर त्यसलाई सच्चाउदैनौ भने बल्ल त्यो गल्ति हो ।

११. तीनवटा तरिकाहरुबाट हामीले ज्ञान सिक्न सक्छौ । पहिलो अरुको कुरालाई प्रतिविम्वित गरेर जुन आफमा महान कार्य हो । दोस्रो कसैको नक्कल गरेर जुन सरल हुन्छ र तेस्रो आफ्नै अनुभवद्वारा जुन एकदमै तितो हुन्छ ।

१२. जसले पहाड सार्न खोज्छ गर्छ उसले त्यस्को सुरुवात ससाना चट्टानहरु सारेर गर्छ ।

१३. जिन्दगि साँच्चै नै सरल छ बस हामीले जोड गरेर यसलाई जटिल बनाउन खोज्दछौ ।

१४. यो महत्वोपूर्ण छैन कि तिमि कति ढिलो हिड्छौ बस तिमि रोकिनु भएन ।

१५. खासमा त रमाइला मान्छेहरु ति हुन् जसको हृदयमा पिडा  हुन्छ ।

१६. जब तिमि आफ्नो लक्ष्यलाई भेटिरहेका छैनौ भने आफ्नो लक्ष्यलाई नबदल बरु आफ्नो लक्ष्यप्राप्तिको तरिकाहरुलाई बदल ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!