प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

इमरान खानका १४ प्रशिद्ध भनाइहरु

पाकिस्तानका पुर्व क्रिकेटर तथा हालका सफल प्रधानमन्त्री इमरान खान हाम्रो समयको एक ज्वाज्वल्यमान सफलताका उदाहरण हुन् । उनका भनाइहरु हामी धेरैको निम्ति उर्जाको स्रोत र मार्गदर्शक बन्न सक्नेछ भन्ने विश्वास लिएर हामीले यहाँ उहाँका चौध प्रेरक भनाइहरु प्रस्तुत गर्न गइरहेका छौ :

१. तिम्रो सपनाको लागि सम्झौता गर तर तिम्रो सपना माथि कहिल्यै सम्झौता नगर ।

२. तिम्रो क्षमता र बुद्धिले होइन तिम्रो सपनाको आकारले तिम्रो भविष्यको सिर्जना गर्दछ ।

३. दूरदृष्टि भएका नेताले चर्चित बन्ने निर्णय लिदैनन बरु सहि निर्णय लिन्छन ।

४. म मेरा प्रतिद्वन्द्वीका निम्ति निकै खतरनाक छु । किन ? किनकि मलाई मृत्युसँग डर छैन न त असफलतासंग, मलाई कुनैपनि थोकको डर छैन ।

५. साहस भनेको सत्य र सहिको पक्षमा डटेर उभिन सक्नु हो ।

६. तिम्रो हारले तिमीलाई छिया छिया पार्न सक्दैन तर हारको कारण तिमीले खाने हरेशले तिमीलाई छिया छिया पार्दछ ।

७. जति बढी तिमि अध्ययन गर्दछौ त्यति नै तिमीलाई बोध हुनेछ कि मैले जानेको कुरा त कति थोरै रहेछ ।

८. एउटा लिडरले विचारको मार्गलाई पच्छ्याउदछ, आफ्ना आसेपासे र नातेदारलाई होइन ।

९. लिडर त्यो हो जसलाई अघि बढ्ने मार्ग थाहा छ, उ त्यो मार्गमा हिड्न सक्छ र अरुलाई हिड्न प्रेरित गर्दछ ।

१०. मेरो अनुभवमा कडा मेहेनतमा व्यस्त हुनु नै खुसी हुनुको रहस्य हो ।

११. मैले स्वयंप्रति विश्वास गरे यसैले म सफल भए । मैले कहिल्यै पनि आफूलाई एक साधारण खेलाडीको रुपमा हेरिन ।

१२. जबसम्म तिमि आफ्नो हारबाट सिकिरहनेछौ तबसम्म तिमि पुन खेलमा फर्कन सक्नेछौ र हालसम्मकै जोडदार रुपमा खेल्न सक्नेछौ ।

१३. मलाई लाग्दछ भ्रष्टाचार नियन्त्रण कुनै कठिन कार्य होइन ।

१४. मलाई कहिल्यै पनि राजनीतिलाई पैसा कमाने माध्यम बनाउनुपर्ने आवश्यकता रहनेछैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!