प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [पहिलो]

१. कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती।

२. सबैलाई माया गर, केहीलाई मात्र विश्वास गर र कसैलाई पनि नराम्रो नगर।

३. संसारको सबैभन्दा सुन्दर चिज हेर्न र छुन सकिंदैन त्यसलाई मात्र मनले अनुभव गर्न सकिन्छ।

४. कहिलेकाहीं आँखाले देख्न नसकिरहेको कुरा मनले देख्न सक्छ।

५. मानिसहरू तब मात्र तिम्रो हात समाउँछन जब उनीहरूलाई थाहा हुन्छकि तिमी एक्लैपनि अगाडि बढ्न सक्छौ।

६. पटक पटक असफल हुदाँ पनि उत्साह नगुमाउनु नै सफलता हो।

७. जिन्दगीमा हास्न त जहिले नि सकिन्छ तर रुन लाइ त पीडा हरसमय त हुदैन ।

८. थहा छ उसलाई मेरो मुटु पत्थरको होईन तरपनि उ चोट र पिडा दिन कहिल्यै पछि हटिन ।

९. धेरै दिल तिनीहरुले नै दुखाउदा रैछन जसलाइ आफुलाइ भन्दा धेरै माया गरिन्छ ।

१०. कहिले काहि यसरी निदाईदिन मन लाग्छ कि मेरो आखाले अर्को बिहानी देख्न नपावोस्,मेरो कानले अरु को बोलि सुन्न नपावोस्,अनि मेरो मुटुले धड्कनलाई पुरा बेवास्ता गरिदिवोस् अनि कसैको रुवाईको मलाई कुनै अबगत नहोस अनि टाढिन खोज्नेहरुलाई सधैका लागि छुटकारा मिलोस् ।

११. जीन्दगीमा सबैभन्दा पीडा मन टुट्दा होइन भरोसा टुट्दा हुनेगर्छ, किनकि हामी कसैलाई भरोसा गरेपछि मात्रै मन पराउने गर्छौ ।

१२. प्रेम त अझै पनि गर्छु नि तिमीलाई, बस तिमी मेरो हौ भन्ने अधिकार मात्र छैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!