प्रेमिल लाइनहरु

बाह्र मन छुने भनाइहरु [सोह्रौं]

१. कल्पनाको बास्मती चामलले होइन यथार्थको ढिंडोले जीवन बनाउछ।

२. सिकाउन शिक्षक र समय दुबै ले सिकाउछन फरक एत्ति हो शिक्षक ले सिकाएर परीक्षा लिन्छन भने समयले परीक्षा लिएर सिकाउछ ।

३. सोच बदल्नुस खुशी आफै मिल्छ र स्वभाव बदल्नुस इज्जत आफै मिल्छ कसैको पाउमा पर्न जरुरी छैन सहि गन्तव्य तिर लागे पछि सफलता आफै मिल्छ।

४. धन नै सबै कुरा हैन किनभने , धन ले भौतिक सुख मिल्छ तर मनोबैज्ञानिक सुख मिल्दैन , साथी मिल्छ तर असल मित्र मिल्दैन , सुत्ने ओछ्यान मिल्छ तर निन्द्रा मिल्दैन।

५. आफ्नो बाहिरी व्यबहार देखाएर अरुको नजरमा राम्रो बन्नु भन्दा, भित्री रुप देखाएर नराम्रो बन्नु बेस।

६. पैसाले मात्र हरेक खुसी हरु किन्न सकिन्न , यदि सकिने थियो त हरेक धनी बर्ग का मानिसहरूले सम्बन्ध बिच्छेद गर्ने थिएनन् होला।

७. प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् ।

८. जुन गल्तीबाट केही सिक्न सकिदैन त्यो नै सबै भन्दा ठूलो गल्ती हो ।

९. जिवनमा अनेक मान्छे भेटिनुमा कुनै न कुनै कारण हुन्छ कसैले तिमिलाइ पाठ सिकाएर जान्छन भने कसैले तिमिमा लुकेको गुण निकालेर तिमिलाइ देखाइदिन्छन।

१०. जहाँ राम्रा कुराको कदर हुदैन त्यहाँ बोल्नुभन्दा चुपचाप बस्नु ।

११. आजकल को सम्बन्ध मा यति घमण्ड हुन्छ कि मान्छेहरुटुट्न तयार हुन्छन्तर सम्बन्धको लागी झुक्न चाहादैनन ।

१२. लक्ष्य लिएर अघि बढ्नुले सबैथोक बदलिदिन्छ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!