प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

दलाइ लामाका १६ आत्मिक भनाइहरु

१. वर्षमा त्यस्ता दुई दिन हुन्छन् जहाँ केही गर्ने सकिदैन एउतालाई हिजो (Yesterday) भनिन्छ र अर्कोलाई  भोली (Tomorrow) भनिन्छ । तर आज (Today) प्रेम गर्नको निम्ति, विश्वास गर्नको निम्ति, केही गर्नको निम्ति र खासमा बच्नको निम्ति सबैभन्दा उपयुक्त दिन हो ।

२. तिमीले जसलाई प्रेम गर्दछौ उसलाई उड्नको निम्ति पखेटा देउ, फर्की आउनको निम्ति आधार देउ अनि सधै रहनको निम्ति कारण देउ ।

३. हाम्रो उद्देश्य अरु मानिस भन्दा राम्रो बन्नु होइन बरु हिजो आफू भन्दा आजको आफू राम्रो बन्न सक्नु हुनुपर्दछ ।

४. विहानको एउटा सानो सकारात्मक विचारले पूरै दिनलाई बदल्न सक्दछ ।

५. खुसी कुनै रेडिमेड तयारी वस्तु होइन, यो त तिम्रो आफ्नै कर्मद्वारा प्राप्त हुने गर्दछ ।

६. अरुको व्यवहारले तिम्रो आफ्नो आत्मिक शान्तिलाई बर्दाद हुन नदेउ ।

७. स्थाई र स्थिर खुसीका निम्ति हामीसंग जे छ त्यसलाई चाहना गर्न सिक्नु पर्दछ न कि जे छैन त्यसलाई पाउनको निम्ति चाहाना गर्नु ।

८. आफैलाई जित्नु हज्जारौं युद्ध जित्नुभन्दा पनि महानतम विजय हो ।

९. सन्तुष्टि र शान्ति पाउनको निम्ति मानिस अरुको विभिन्न बाटो रोज्ने गर्दछन । तर यदी तिमि हिडेको बाटोमा कोही हिडेको छैनन भने यो होइन कि तिमि हराएका छौ ।

१०. हाम्रो जिन्दगीको मुख्य उद्देश्य भनेको दोस्रोलाई सहायता गर्नु हो । यदि तिमीले सहयोग गर्न सक्दैनौ भने कमसेकम उनीहरुलाई चोट पुर्याउने काम भने नगर ।

११. जब तिमी बोल्दछौ तिमीले आफूले जे जानेको हो त्यहि मात्र दोहोर्यौदछौ तर यदि सुन्दछौ भने केही नयाँ सिक्न सक्नेछौ ।

१२. यदि तिमि अरु व्यक्ति खुसी भएको देख्न चाहन्छौ भने मनमा करुणा राख, दया राख । यदि तिमि स्वयम खुसी हुन चाहन्छौ भने पनि मनमा करुणा जगाईराख ।

१३. यदि तिमीले यी सबै अरुको दोष हो बन्दछौ भने तिमीले धेरै दर्द सहनुपर्ने हुन्छ तर यदी सबैथोक आफैद्वारा सृजित हुन्छ भन्ने कुरो थाहा पाउदछौ भने तिमीले खुसी र आनन्द दुवै प्राप्त गर्न सक्नेछौ ।

१४. यदी समस्या समाधान गर्न सकिन्छ भने चिन्ता गर्नु आवश्यक छैन, यदी समस्या समाधान गर्ने सकिदैन भने चिन्ता गरेर हुने केही होइन ।

१५. यदी तिमीलाई हेरेर कोहि मुस्कुराउदैन भने उनीहरुप्रति दयालु बनेर तिम्रो आफ्नै मुस्कान दिनु । ति व्यक्ति जो अरुप्रति मुस्कुराउन सक्दैनन् उनीहरुलाई एक मुस्कान भन्दा ज्यादा अरु थोकको आवश्यकता’ पर्दैन ।

१६. सधै आशावादी बन, यसले सधै तिमीलाई राम्रो अनुभुति दिनेछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!