प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

बाराक ओबामाका उर्जाशील १६ उत्कृष्ट भनाइहरु

१. अर्को समय वा अरु व्यक्तिलाई पर्खिएर बस्यौ भने परिवर्तन आउनेछैन । हामी नै त्यो हौ जसको लागि पर्खिएर बसेका थियौं । हामी नै त्यो परिवर्तन हौ जुन हामीले खोजेका थियौं ।

२. तिम्रो आफ्नो असफलताले तिमीलाई परिभाषित गर्न नदेउ । तिमीले आफ्नो असफलताले तिमीलाई पाठ सिकाउने बनाउनु पर्दछ ।

३. खोजलाइ जारी राख । सपना देख्दै गर । प्रश्न सोध्दै गर । जे जानेका छौ त्यसैमा चित्त बुझाएर नबस । संसार परिवर्तनको निम्ति तिम्रो विचार, तिम्रो कल्पना अनि तिम्रो तिम्रो कडा मेहेनतको शक्तिमाथी विश्वास गर्दै रह ।

४. जब कठिन समय आउछ तब हामी हार मान्दैनौ बरु अरु माथी उठ्छौ ।

५. परिवर्तन सजिलो त छैन तर असम्भव पनि हैन ।

६. प्रश्न सोध्न नडराउ । आवश्यकता पर्दा सहयोग माग्न नडराउ । सहयोगको लागि अनुरोध गर्नु भनेको आफूलाई कमजोर देखाउनु भन्ने पटक्कै होइन । बरु यो त ताकतको संकेत हो । किनकि यसले तिमीले पहिल्यै के-के जानेका छैनौं त्यो स्वीकार गर्ने हिम्मतलाई दर्शाउछ र जसको कारण तिमीले केही नयाँ पनि सिक्न सक्नेछौ ।

७. यदी आफूभन्दा कोही फरक देख्दछौ भने त्यो भनेको आलोचना गर्ने विषय होइन बरु प्रशंसा गर्नु पर्दछ ।

८. निराशाबाट बच्ने उत्तम उपाए भनेको उठ्नु र केही गर्नु हो । राम्रा चिजको पर्खाइमा नबस । तिमि आफै बाहिर निस्केर राम्रो काम गर, जब तिमि यसो गर्दछौ तव संसारमा आशाको लहर छाउनेछ । र आफू स्वयंलाई पनि आशाले भर्नेछौ ।

९. भाग्य अरु कसैले लेखिदिएको कुरो होइन, आफैद्वारा लेख्ने कुरा हो ।

१०. आज तिमि कुन अवस्थामा उभिएका छौ भन्ने कुराले कुनै असर पर्दैन कि भोली तिमि कहाँसम्म पुग्न सक्नेछौ ।

११. परिवर्तन तब आउछ जब साधारण मानिसले असाधारण काम गर्दछन ।

१२. यदी कसैले तिमिली गरेको मेहेनत, तिमीले बोलेको कुराको कुनै मूल्य छैन भनेर भन्छ भने उसको विश्वास नगर । मैले परिवर्तन गर्न सक्दिन कि भन्ने कुरामा कहिल्यै विश्वास नगर्नु । किनकि तिमि नै त्यो परिवर्तन बन्न सक्छौ ।

१३. बच्चा जन्माउँ सक्छु भन्दैमा तिमि पुरुष कहलिदैनौ, तिमि त्यतिबेला पुरुष कहलिन्छौ जब बच्चालाई हुर्काउन सक्छौं ।

१४. कुनै धर्मको कारणले आतंकवाद जन्मिएको होइन, हिँसा र आतंकको कारण मानिसहरु जिम्मेवार छन धर्म होइन ।

१५. खेलाडीहरु परिवर्तन गरेर मात्र पर्याप्त छैन हामीले पुरै खेल नै परिवर्तन गर्नु पर्दछ ।

१६. यदि तिमीले परिवर्तनको निम्ति आफ्नो आवाजलाई त्याग्दछौ भने त्यो स्थानमा अरुका आवाजले भरिनेछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!