प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

महान दार्शनिक प्लेटोका पढ्नैपर्ने १८ भनाइहरु

१. यदि तिमि सरकारको चालचलन प्रति कुनै महत्व राख्दैनौ भने तिमि मूर्खहरुद्वारा ससित हुन बाध्य हुनेछौ ।

२. जसले सत्य बोल्छ उसलाई जत्तिको घृणा अरु कसैलाई गरिदैन ।

३. वास्तविकता भनेको हाम्रो मस्तिष्कमा सृजित हुने कुरा हो; यदि हाम्रो सोच बदल्यौ भने वास्तविकता पनि बदल्न सक्दछौ ।

४. हरेकसँग नम्र बन किनकि हरेक जोसँग तिमीले भेट्छौ उ पनि आफैमा कुनै कठिन लडाई लडिरहेको हुनसक्छ ।

५. तिन मुख्य स्रोतहरुबाट मानिसको व्यवहार प्रदशित हुन्छ; चाहना, भावना र ज्ञान ।

६. तपाइको सन्तानलाई तपाईले भनेको बाटोमा हिड्न बाध्य नगराउनुहोस, किनकी उनीहरु आफ्नै छुट्टै समयको निम्ति बनेका हुन् ।

७. सबैभन्दा खराव किसिमको न्याय भनेको न्याय दिएको जस्तो नाटक गर्नु हो ।

८. जसले कुनै शक्तिको इच्छा राख्दैन उ नै सो शक्ति प्राप्त गर्ने उपयुक्त व्यक्ति हो ।

९. जसले सिक्दछ, सिक्दछ, सिक्दछ तर केही गर्दैन सो त्यस्तो व्यक्ति हो जसले जोत्दछ, जोत्दछ, जोत्दछ तर केही रोप्दैन ।

१०. आफ्नो गुफा भन्दा बाहिर निस्किनु मेरो साथी । हो बाहिर केही चिसो अवश्य छ तर यहाँबाट आकाशका ताराहरु निकै सुन्दर देखिन्छन ।

११. जो व्यक्तिले अति नै ढिलो किन नहोस तर निरन्तर केही न केही प्रगति गरिरहेको छ भने त्यसलाई निरुत्साहित पर्ने काम नगर । यदि तिमि स्वयम नै त्यो वक्ति हौ भने पनि ।

१२. सोच्नु भनेको नितान्त आफ्नै आत्मासँग कुरा गर्नु हो ।

१३. शिक्षा भनेको हाम्रो सन्तानलाई सही कुराको चाहना गर्न सिकाउनु हो ।

१४. सबैभन्दा पहिलो र सबैभन्दा उत्कृष्ट जित भनेको आफूमाथि विजय प्राप्त गर्नु हो ।

१५. गरिवी आउनुको कारण सम्पतिको कमी भएर होइन बरु चाहनाहरु धेरै भएर हो ।

१६. हामी जे कुराको ज्यादा इच्छा राख्छौ कालान्तरमा हामी त्यहि बन्छौ ।

१७. ज्ञान भनेको आफूभित्र भएको कुरालाई पुन: पत्ता लगाउनु हो ।

१८. सबैभन्दा ठूलो सम्पति भनेको थोरैमा पनि सन्तुष्ट भएर जिउन सक्नु हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!