विविध

मैले देखेको शहर र गाउँको फरक

१. सहरमा घरहरु नजिक हुन्छन तर मानिसहरु टाढा तर गाँउमा घरहरु टाढा हुन्छन तर मानिसहरु नजिक ।

२. सहरमा घरहरु मात्र हुन्छन्, गाउँमा समाज हुन्छ ।

३. बास पाइने भनेको गाउँमा मात्र हो सहरमा पैसा नहुनेहरुको साहारा त पेटी हो ।

४. सहरमा पढेलेखेका धेरै हुन्छन् तर गाह्रो-साह्रोमा सहयोग गर्ने कम हुन्छन्, गाउँमा शिक्षित थोरै छन् तर मनको ज्ञान भएका धेरै हुन्छन् ।

५. ‘जिउँदोको जन्ती म-र्दाको मलामी’ सहरमा कहाँ हुन्छ; गाउँमा मात्र पाइन्छन् ।

६. सहरमा बस्ने आफ्नाहरु पनि टाढा हुन खोज्छन्, गाउँमा छिमेकी पनि आफ्ना बन्न खोज्छन् ।

७. सहरमा पैसा बोल्छ, गाउँमा लगाएको गुन र आत्मियता बोल्छ ।

८. सहरका मानिसको फेसन त सफेद हुन्छ तर मन कालो, गाउँलेका कपडा त मैला होलान तर मन सफेद हुन्छ ।

९. गाउँ सामुहिक सहकार्यले बनेको हुन्छ सहरमा आफ्नो जग्गले चर्चेको आनासम्म मात्र आफ्नो हुन्छ । घरको फोहोर बाटोमा फाल्छन्, बाटोको खाल्डो सरकारले बनाइदियोस् भन्ने मान्छन ।

१०. सहरमा कंक्रीटले बनेको विकास छ त्यसैले दस थरीको प्रदुषण छ, गाँउमा ढुंगा र माटोले बनेको विकास छ यसैले त प्राकृतिको बाँस छ ।

यीनै कारणहरुले नै- मलाई शहरका ‘शिक्षित र आधुनिक’ शहरियाहरू भन्दा गाँउमै जन्मे हुर्केका गाउलेहरू नै ज्यादा प्रिय लाग्छ । उनीहरूले गणितका सूत्रहरू बुझेका हुँदैनन तर पनि कसैलाई ठग्न खोज्दैनन्, बरू एकै मुठी भए पनि बढी दिन्छन् । उनीहरूलाई समाजशास्त्रका नियमहरू आउदैन तर पनि आपसी मेलमिलापमा उच्च छन्, उनीहरू दिउसै घरको दैलो लगाएर बस्दैनन् । आवश्यक पर्दा सक्दो सहायता गर्दछन् ।

चार तले ठूला बिल्डिङ भएर पनि के, हृदय नै साँघुरो छ भने । मलाई उनीहरूप्रती दया जागेर आउछन्, जसले पैसालाई नै ‘सबैथोक’ मान्दछन् ।

घरको नाममा झुपडी नै किन नहोस् तर हृदय महल जस्तै होस् । कलेटी परेको मैले लुगा लगाएको भएता पनि दिल स्वच्छ र सफा होस् । ती मानिस् न महान् छन्, प्रिय छन् । कथित शहरियमा यस्ता गुण कहाँ हुनु । ती त ‘धन’ को आधारमा आफ्नो र पराइ छुट्याउदछन् ।

पुनश्च: यी नितान्त व्यक्तिगत अनुभूति हुन्, कसैलाई अचाक्ली आक्षेप लगाउनु हाम्रो उदेश्य होइन यधपी भावनाले त्यो देखाएर कसैप्रति असर पर्न गएमा क्षमा प्राथी छौ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!