प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

रूमीका हृदयछुने १६ भनाइहरु [तेस्रो खण्ड]

१. सधै सहनशीलताको कानबाट सुन्ने गर्नु, दयाको नजरबाट हेर्ने गर्नु, अनि प्रेमको भाषाद्वारा बोल्ने गर्नु ।

२. जब तिमि एक्लो हुन्छौ तब यो ख्याल राख्नु कि भगवानले वस् तिमि र उहाँ मात्र साथमा हुन सकियोस भनेर बाकीं सबैलाई तिमिबाट टाढा राखेको हो ।

विगतलाई फर्केर नहेर्नु; कसैलाई थाहा छैन संसारको सुरुवात कसरी भयो । भविष्यसँग नडराउनु पनि; कोही पनि अनन्तसम्म बाच्ने होइन । यदी तिमी विगत र भविष्यमा नै हराउदछौ भने तिमीले वर्तमानको क्षणलाई पुरै गुमाउनेछौ ।

३. जुन प्रेरणा तिमीले खोजिरहेका छौ त्यो तिमि आफैभित्र छ; एकपटक शान्त भएर सुन्ने प्रयाश गर्नु ।

४. पर्खेर नबस । जाउँ र जिन्दगिको अनुभूति गर । सूर्यलाई छोउ; समुन्द्रलाई अंगालोमा बेर ।

५. हामी जति शान्त हुन्छौ त्यति नै बढी हामी सुन्न सक्छौ ।

६. मैले मेरा साथीहरुलाई न त हृदयद्वारा माया गर्छु न मस्तिष्कद्वारा । किनकि हृदय रोकिन सक्छ, मस्तिष्कले बिर्सन सक्छ यसैले म आत्मा देखि माया गर्छु; आत्मा न रोकिन्छ न त यसले विर्संछ ।

७. यदि तिमी कुनै खोट नभएको साथीलाई मात्र खोजिरहन्छौ भने तिमि सधैभरी साथीविहीन हुन्छौ ।

८. माया गर्नु मानवीय क्षमता हो, पिडा भोग्नु पनि मानवीय क्षमता हो तर पिडाका बीचमा माया गर्न सक्नु त्यो इश्वरीय क्षमता हो ।

हिजो राती मैले ‘ज्ञानी एक’ लाई संसारको रहस्य बतईदीन आग्रह गरे; उसले विस्तारै मेरो कानमा आएर सासले बोल्दै भन्यो- ‘एकछिन शान्त रह ! रहस्य आवाजमा भन्न मिल्दैन ! यो त शान्तपनमा लुकेको हुन्छ ।’

९. कहिल्यै एक्लो महसुस नगर्नु; पुरै ब्रह्माण्ड तिमि भित्र लुकेको छ ।

१०. तामाम आश्चर्यहरु हामी आफै भित्र बोकेर हिड्छौ तर वेखवर हामी खोज्न भने बाहिरी संसारमा जान्छौं ।

११. जिन्दगि भनेको कसलाई राख्नु र कसलाई जान दिनु बीचको सन्तुलन हो ।

१२. हिजो राती मैले ‘ज्ञानी एक’ लाई संसारको रहस्य बतईदीन आग्रह गरे; उसले विस्तारै मेरो कानमा आएर सासले बोल्दै भन्यो- ‘एकछिन शान्त रह ! रहस्य आवाजमा भन्न मिल्दैन ! यो त शान्तपनमा लुकेको हुन्छ ।’

१३. पहिले आफ्नो हृदयमा त्यो मिठासपन भेट्न सक; अनि तिमीले संसारका सबैको हृदयमा मिठासपन भेट्न सक्नेछौ ।

१४. हाम्रो महानता हाम्रो हृदयले अभिव्यक्त गर्न सक्ने कोमलता र करुणामा आधारित हुन्छ ।

१५. हरेक धर्ममा प्रेम हुन्छ तर फेरी पनि प्रेममा कुनै धर्म हुदैन ।

१६. विगतलाई फर्केर नहेर्नु; कसैलाई थाहा छैन संसारको सुरुवात कसरी भयो । भविष्यसँग नडराउनु पनि; कोही पनि अनन्तसम्म बाच्ने होइन । यदी तिमी विगत र भविष्यमा नै हराउदछौ भने तिमीले वर्तमानको क्षणलाई पुरै गुमाउनेछौ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!