प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

सफलताको निम्ति कडा मेहेनत – १४ भनाइहरु

१. कडा मेहेनत विना सफलताको लागि आशा गर्नु भनेको खेतमा केही नारोपिकन फसल काट्न खोज्नु जस्तै हो । – डेभिड ब्ले

२. कुनै पनि सपना स्वत: जादु मार्फत वास्तविकतामा परिणत हुदैन; यसको निम्ति निक्कै धेरै मेहेनतको आवश्यकता पर्दछ । – ओज्वाल्ड बोतंग

३. काम सजिलो भइदियोस भनेर कामना नगर बरु म अरु सक्षम बन्न सकु भनेर कामना गर । – जिम रोन

४. म जति कडा मेहेनत गर्छु उति नै बढी म बाच्न सक्छु । – जर्ज बर्नाड श

५. कडा मेहनत विना जिन्दगिले हामीलाई केहीपनि दिदैन । – होरेश

६. सपना कुनै जादुको छाडी मार्फत सृजित हुने होइन यसको निम्ति पसिना, लगाव अनि कडा मेहेनत आवश्यक पर्दछ । – कोलिन पावेल

७. मेर अनुभवमा- मैले जति बढी मेहेनत गर्दछु त्यति नै बढी भाग्यमानी भएको पाएको छु । – थोमस जेफर्सन

८. सन्तुष्टि मेहेनतमा मिल्दछ, प्राप्तिमा होइन । पुरा मेहेनत भनेको पुरा विजय हो । – महात्मा गान्धी

९. कडा मेहेनतले क्षमतालाई पनि पछार्छ जब क्षमताले कडा मेहेनत गर्न सक्दैन । – टिम नत्के

१०. कुनैपनि महान कुरा सजिलै सँग प्राप्त हुदैन । – अज्ञात

११. सफल भएका व्यक्तिहरु आफैमा भाग्य लिएर जन्मेका होइनन, उनीहरु त कडा मेहेनतले बनेका हुन्, लक्ष्य राखेर सफल भएका हुन् । – जी.के नेल्सन

१२. अवसरहरु प्राय: अवस्थामा कडा मेहेनतको रुप धारण गरेर आउने गर्दछन त्यसैले त प्राय: मानिसहरुले यसलाई चिन्न सक्दैनन् । – एन ल्याण्डरस

१३. मैले कहिल्यै पनि सफलताको सपना देखिन; बरु मैले जहिल्यै यसको निम्ति कडा मेहेनत गरे । – यसटी लाउडर

१४. थाक्दैमा तिमि नरोकिनु; त्यतिबेला रोकिनु जब तिमीले काम सम्पन्न गर्दछौ ।  – मर्लिन मुनरो

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!