प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

सत्य सम्बन्धि बुझ्नैपर्ने १४ भनाइहरु

१. सबै सत्यले तिन चरणहरु पार्न गर्ने गर्दछ । पहिलो; यसको उपहास गरिन्छ । दोस्रो; हिंशाद्वारा यसको विरोध गरिन्छ । अनि तेस्रो; स्व-स्पष्ट हुनको निम्ति यसलाई स्वीकार गरिन्छ । – आर्थर शोपेनहावर

२. हरेक थोक जे हामी सुन्छौ त्यो धारणा हो; तथ्य होइन । हरेक थोक जुन हामी देख्छौ त्यो दृष्टिकोण हो; सत्य होइन । – मार्कस अरिलियस

३. सबैतिर झुट बिकिरहेको समयमा सत्य कुरा भन्नु पनि एउटा क्रान्तिकारी कार्य हो । – जर्ज अर्वेल

४. मुर्ख बन्नको निम्ति दुई तरिकाहरु हुन्छन् । पहिलो; जे सत्य होइन त्यसलाई विश्वास गर्नु अनि दोस्रो जे सत्य हो त्यसलाई विश्वास गर्न इन्कार गर्नु । – सोरेन किर्केगार्ड

५. उच्च सोच भएको व्यक्तिले के सत्य हो सो को बारेमा ख्याल राख्नु पर्दछ न कि अरु मानिसले के सोच्दछन भन्ने विषयमा । – अरस्तु

६. अरु मानिसलाई सहयोग गर्नु छ भने उनीहरुलाई सत्य बताइदेउ । तर यदि आफैलाई सहयोग गर्न छ भने उनीहरुलाई त्यहिं बताउ जुन उनीहरु सुन्न चाहन्छन । – टमस स्वेल

७. यदि तिमि सत्य बोल्दछौ भने तिमीले कुनै पनि कुरा सम्झिरहनु पर्ने छैन । – मार्क टवेन

८. सानोतिनो विषयका सत्य कुराहरुलाई जसले गम्भीरतापूर्वक लिदैन भने उसलाई ठूला विषयका निम्ति पनि विश्वास गर्न सकिदैन । – अल्बर्ट आइन्सटाईन

९. सत्यले जुत्ता लगाउदै गर्दा झुटले आधा विश्व गुमिसकेको हुन्छ । – विन्स्टन चर्चिल

१०. प्रेम विनाको सत्य क्रुरता हो नै सत्य विनाको प्रेम पाखण्डीपन हो । – वारेन वाइरसबे

११. अन्याय, झुट अनि लोभका विरुद्धमा इमान्दारिता, सच्चाई र करुणाको निम्ति आफ्नो आवाज उठाउन कुनै डर मान्ने नगर । यदि संसारभरका मानिसहरुले यस्तै गर्नेथिए भने पृथ्वीमा कायापलट आउने थियो । – विलियम फकनर

१२. पटक पटक दोहोर्याउदैमा कुनै झुट सत्य बन्दैन; अनि कसैले देखेको छैन भन्दैमा कुनै सत्य झुट हुदैन । – महात्मा गान्धी

१३. हरेक सत्यको दुइ पाटा हुन्छन्, हामीले कुनै कदम चाल्नु अघि दुवै पक्षलाई केलाउनु पर्दछ । – एसप

१४. सत्यको बाटोमा हिड्नु एकदमै फाइदाजनक छ किनकि यो बाटोमा भिडभाड हुदैन । – अज्ञात

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!