सफलताको लागि

संसारकै धनि व्यक्ति जेफ बेजोसका सफलताका दश सूत्रहरु

तपाईले जेफ बेजोसको नाम नसुनेको पनि हुनसक्छ तर तपाइले उनको वेवसाइट अमेजन डट कमको नाम पक्कै पनि सुन्नुभएको होला । यो कम्पनि २०२० मा २०० विलियन डलरको आकडा पार गरेर संसारकै पहिलो नम्बरको धनि कम्पनी बन्न सफल भएको छ । यसले यसअघि संसारकै ठूलो कम्पनि गुगललाई दोस्रो नम्बरमा पछाडी धकेलिदिएको छ । जेफ बेजोस आफैमा ११२ विलियन डलर सहित संसारकै धनि व्यक्ति रहेका छन् । विजनेश इनसाइडरका अनुसार उनको प्रति सेकेन्ड कमाइ २४८९ डलर अर्थात पच्चीस लाख हाराहारीमा रहेको छ ।

उनले सुरुवातमा अमेजन अनलाइनमा पुस्तक बेच्नको लागि सुरु गरेका थिए । पछी उनले पुस्तक देखि सबैथोक बेच्न सुरु गरे । जति बेला उनले कम्पनि सुरुवात गरेका थिए त्यो समय उनको कम्पनिमा काम गर्ने कर्मचारी जम्मा ३ जना थिए; आज हज्जारौं छन् । उनले इन्टरनेटबाट पुस्तक वेच्न सुरु गर्दा कमैले उनलाई पत्याएका थिए तर उनले भनेका थिए ‘मलाई पुस्तक व्यावसायको बारेमा केही थाहा छैन । मलाई त यतिमात्र थाहा छ कि मैले इन्टरनेटको माध्यमबाट पुस्तक बेचेर पुस्तक उधोगको रुप नै बदलिदिनेवाला छु ।’

कसरी उनी यति धनि अनि सफल बन्न सके त ?! उनको आफ्ना भनाइहरु मार्फत बढेका सफलताको सुत्रहरु यसप्रकार छन्;

१. संगत

जो आफैमा कुनै विचार/सिप भएको व्यक्ति छैनन, उनीहरुसँग संगत गरेर समय व्यर्थ फाल्नको निम्ति हाम्रो जीवन निकै छोटो छ ।

२. रुचिको काम गर्नु

मानिसले गर्ने एउटा ठूलो गल्ति भनेको आफूले गर्ने काममा जबर्जस्ती रुची बढाउन खोज्दछन । खासमा त तिमीले आफ्नो प्यासन रोज्ने होइन बल्कि प्यासनले तिमीलाई रोज्ने गर्दछ ।

३. प्रश्न गर्न सक्नु

व्यवसायको क्षेत्रमा प्राय: सोधिने प्रश्न हो ‘यो किन गर्नु’ ?’ यो निकै राम्रो प्रश्न हो यधपी उत्ति नै वैध प्रश्न यो पनि हो कि ‘हामीले यो किन नगर्ने ?’

४. गल्ति गर्न नडराउनु

यदि तिमीले ठूलो मात्रामा कुनै उत्पादन गर्न गइरहेका छौ भने यी तिन चिज गर्नको निम्ति सधै तयार हुनु पर्नेछ । पहिलो; असफल हुन सधै तयार हुनु पर्नेछ । दोस्रो; क्षणिक नाफा होइन बरु लामो समयसम्मको लागि सोच्नु पर्ने हुनेछ अनि तेस्रो  लामो समयको निम्ति सोच्दा म भविष्यको बारेमा गलत पनि हुन सक्छु भन्ने कुरालाई स्वीकार गर्न सक्नुपर्नेछ ।

५. समयको व्यवस्थापन

तिमीले आफ्नो समय र उर्जा  कहा खर्च गर्ने भन्ने तिम्रो निर्णयले तिम्रो जिन्दगिमा भयंकर ठूलो असर पार्दछ ।

६. ग्राहक, नयाँ प्रडक्टको सुरुवात अनि धैर्य

अमेजन कम्पनिको लागि हामीसँग तिन ठूला उपायहरु थिए जसलाई हामीले पुरै अठार वर्षसम्म पालन गर्दै रह्यो र त्यसैले नै अमेजन कम्पनीलाई यति सफल बनाउन सक्यो; त्यो तिन उपायहरु थिए- सधै ग्राहकलाई पहिलो प्राथमिकता दिनु, नयाँ प्रडक्टहरुको सुरुवात गर्नु अनि हरेक अवस्थामा धैर्य राख्न सक्नु ।

७. ध्यान

आफ्नो ध्यान र उर्जा ग्राहकमा खर्च गर अन्य प्रतिष्पर्धीहरुमा होइन ।

८. असफलता

असलताले नयाँ आविष्कारको पाटो र पार्सल बोकेर आएको हुन्छ। असफलता विकल्प होइन, असफल नभएसम्म सफल हुने कुनै माध्यम नै छैन ।

९. माथी उठ्नु

सबैभन्दा खराव चिज भनको जही छ त्यहि रहनु हो; माथी उठ्न नखोज्नु हो ।

१०. सहि रोजाई

जति पनि तिमीले प्राप्त गर्दछौ नि त्यो तिमीले के रोज्दछौ त्यसमा भर पर्दछ यसैले सधै सहि रोजाई रोज्न सिक ।

प्रतिक्रियाहरु

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!