प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

आमाको महानता – १४ पढ्नैपर्ने वाणीहरु

१. एउटा वुवाले आफ्नो छोराछोरीको निम्ति गर्न सक्ने सबैभन्दा महत्वपूर्ण काम भनेको उनीहरुको आमालाई हृदयदेखि नै माया गर्नु हो । – थियोडोर हेजबर्ग

२. भगवान जहितही हुन सक्दैनन् यसैले त उनले आमा बनाइदिए । – रुडयार्ड किप्लिंग

३. जब आमा बन्छौ नि तब तिम्रो हृदय तिम्रो आफ्नो हुदैन; यो तिम्रो बालबच्चाले जे गर्छन् त्यसै अनुसार धड्कन्छ । – जर्ज बर्नाड श

४. तिमि जतिसुकै उमेरको हौ वा जस्तो सुकै काम गरेको हौ- हरेकलाई आफ्नो आमाको खाचो रहिरहन्छ । – केट विन्स्लेट

५. आमाले मात्र भविष्यको बारेमा सोच्न सक्दछिन किनकि उनले आफ्नो सन्तान मार्फत त्यो भविष्यलाई जन्म दिन्छिन । – म्याक्सिम गोर्की

६. मातृत्व त्यो स्थान हो जहाँबाट सबै प्रेमको सुरुवात हुन्छ अनि अन्त्य पनि । – रोबर्ट ब्राउनिंग

७. कुनैपनि शब्दद्वारा आमाले दिने मायाको शक्ति, सुन्दरता अनि बहादुरीलाई व्यक्त गर्न सकिदैन । – एडविन हब्बल चपिन

८. जो व्यक्तिसँग भगवान जस्ती आमा छिन त्यो व्यक्ति नै धनि व्यक्ति हो । – अब्राहम लिंकन

९. आमा नै हाम्रो वास्तविक मित्र हो । – वासिंगटन इर्भिन

१०. एउटी आमाले दुइ पटक सोच्ने गर्नुहुन्छ; एक पटक आफ्नो लागि र आर्को पटक आफ्नो सन्तानको लागि । – सोफिया लोरेन

११. मेरो चकचके बनीको कारणले आमाले धेरै सास्ती खेप्नु पर्यो तर अहिले मलाई लाग्छ आमाले त्यसमा आनन्द लिनु भयो होला । – मार्क ट्वेंन

१२. आमाको हृदय नै बच्चाको सर्वोत्कृष्ट पाठशाला हो । – हेनरी वार्ड विचर

१३. आमा त्यो नाम हो जुन भगवानले बच्चाको हृदय र ओठ मार्फत बोल्ने गर्नुहुन्छ । – विलियम मेक्पिस ठाकरे

१४. मैले देखेकाहरु मध्य सबैभन्दा सुन्दर मेरी आमा हुनुहुन्छ । म जति हुँ यी सबैको निम्ति मेरी आमा प्रति म ऋणी छु । मैले जीवनमा जति पनि सफलता हासिल गरे सबैको कारण मेरो आमाले दिनुभएको नैतिक, बौद्धिक अनि शारीरिक शिक्षा हो । – जर्ज वाशिंगटन (प्रथम अमेरिकी राष्ट्रपति)

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!