प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

मार्टिन लुथर किंग जुनियरका १४ प्रेरक भनाइहरु

१. अध्यारोले अध्यारोलाई हटाउन सक्दैन उज्यालोले मात्र सक्दछ । उसैगरी घृणाले घृणा हटाउदैन प्रेमले मात्र सक्दछ ।

२. यदि तिमि उड्न सक्दैनौ भने दौड, दौडन सक्दैनौ भने हिड, हिडन सक्दैनौ भने घिस्रीअ, तर जस्तोसुकै अवस्थामा पनि तिमी अघि बढी रहनु पर्नेछ ।

३. खराब मानिसको आतंक भन्दा असल मानिसको मौनता बढी खतरनाक हुन्छ ।

४. एउटा पुरुष त्यतिबेला मरेतुल्य हुन्छ जब जे सही हो त्यसको पक्षमा उभिन सक्दैन । एक व्यक्ति मरे सरह हुन्छ जब उ न्यायको निम्ति उठ्न सक्दैन । एउटा व्यक्ति मरे सरह हुन्छ जब उ जे सत्य हो त्यसको पक्षमा अडिग रहन सक्दैन ।

५. मलाई डर लाग्ने भनेको केही जमातले गर्ने आतंक देखि होइन बरु जमातका जमात व्यक्तिहरुको मौनता देखि हो ।

६. आस्था भनेको त्यो पहिलो पाइला चाल्न सक्नु हो जब की तिमिले भर्यांगको पुरै खुड्किलो देख्न सकिरहेको हुदैनौ ।

७. शुभ काम गर्नको निम्ति सबै समय शुभ समय हुन्छ ।

८. सहस भनेको बाधाहरुको बीच अघि बढ्ने भित्री दृढता हो; कायरता भनेको अगाडीको परिस्थिति सामु हार मान्नु हो ।

९. अन्त्यतर्फ हमीले सम्झने भनेको दुश्मनको कठोर बचन होइन बल्कि मित्रको मौनता हो ।

१०. जिन्दगिको सबैभन्दा तत्काल खोज्नु पर्ने र कठिन प्रश्न भनको ‘तिमीले अरुको निम्ति के गरिरहेका छौ ?’

११. अन्धकारमा मात्रै तिमीले तारहरुलाई देख्न सक्दछौ ।

१२. या त हामी दाजुभाई जसरी मिलेर बस्नु पर्दछ या त मुर्ख जसरी नासिएर जानु पर्दछ ।

१३. हामी डरको आंधीलाई सहसको पर्खाल बनाउनु पर्दछ ।

१४. प्रेम नै त्यो शक्ति हो जसले दुश्मनलाई मित्रमा बदल्न सक्दछ ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!