प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

१४ शक्तिशाली भनाइहरु [दोस्रो खण्ड]

१. असफलता सफलताको विपरित पाटो होइन बरु यो सफलता भित्रकै एउटा पाटो हो । – एरियाना हफिंगटन

२. जो छिया-छिया भएर असफल हुन सक्छन उनीहरु हदैसम्मको महान भएर उठ्न सक्छन । – जोन एफ केनेडी

३. तिम्रो जिन्दगिका दुई महत्वपूर्ण दिनहरु भनेको पहिलो; तिमी जन्मिएको दिन र दोस्रो तिमी जन्मनुको उद्देश्य पत्ता लगाएको दिन हो । – मार्क ट्वेन

४. अरुको धारणाका कोलाहलले आफ्नो अन्तरहृदयको आवाजलाई बन्द गर्ने काम नगर । – स्टिभ जब्स

५. भगवानले हामीलाई सफल होस भन्ने चाहदैनन बरु प्रयाश गर्न नछोडोस भन्ने चाहन्छन । – मदर टेरेसा

६. जब सबैथोक तिम्रो विरुद्ध गइरहेको छ भने ख्याल राख हवाईजहाज हावाको विरूद्ध छ भने मात्र जमिन छोड्न सक्छ, हावाको वहावसँगै होइन । – हेनरी फोर्ड

७. म सामान्य मान्छे हु, मैले के गर्न सक्छु र जस्तो लाग्छ भने जाउ गएर लामखुट्टेसँग सुत । – दलाइ लामा

८. जिन्दगिभरीको भेडा हुनु भन्दा एक दिन नै सिंह हुनु जाती । – एलिजावेथ केनी

९. मलाई भन मैले विर्सने छु; मलाई पढाउ मैले सम्झने छु; मलाई सहभागी गराउ; मैले सिक्नेछु । – सुन्जी

१०. सफलता एक पछीको अर्को असफलताका वावजुद पनि कत्तिपनि जोस नगुमाईकन पार गर्नुले मिल्दछ । – विन्स्टन चर्चिल

११. जबसम्म तिमीले काम गर्न सुरु गर्दैनौ तबसम्म कुनै पनि चिजले काम गर्नेछैन । – माया एन्जेलाउ

१२. सक्छौ भने दौड, आवश्यक पर्यो भने हिड, बाध्य छौ भने घिस्रीअ, तर वस्, हार नमान । – डीन कार्नाजेस

१३. संघर्ष भन्दा पहिले विजय आउने भनेको शब्दकोशमा मात्र हो । – भिन्स लोम्बार्डी

१४. आफ्नो भाग्य थाहा पाउन निकै सजिलो छ; त्यो हो- तिमि जति मेहेनत गर्छौं उती बढी भाग्यमानी हुन्छौ । – ब्रायन ट्रेसी

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!