प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

१४ शक्तिशाली भनाइहरु [तेस्रो]

१४. एक सफल व्यक्ति त्यो हो जसले अरुद्वारा फ्याकिएको ढुंगा जोडेर आफ्नो मार्ग तयार गर्दछ । – डेभिड ब्रीन्क्ले

१३. गलत ज्ञानबाट सावधान रह, यो अज्ञानता भन्दा पनि बढी खतरनाक हुन्छ । – जर्ज बर्नाड श

१२. सफलताको निम्ति कडा मेहेनतको विकल्प अर्को छैन । – टमस अल्भा एडिसन

११. तिम्रो सफलताको आकार तिम्रो चाहनाको शक्ति, तिम्रो सपनाको आकार र निराशालाई कसरी सम्हाल्न सक्छौ त्यसमा निर्भर रहन्छ । – रोबर्ट कियोसाकी

१०. हरेक दिनलाई तिमीले कति फसल उत्पादन गर्यो भन्ने अधारमा नजोख बरु कति विउ रोप्न सक्यौ त्यसको आधारमा मूल्यांकन गर । – रोबर्ट लुइस स्तिभेन्सन

९. सफलताको निम्ति क्षमता चाहिन्छ तर निरन्तरको सफलताको निम्ति आचरणको आवश्यकता पर्दछ । – जोन उडेन

८. नपर्ख ! तिमीले खोजेजस्तो उपयुक्त समय भन्ने नै हुदैन । – नेपोलियन हिल

७. यदि तिम्रो व्यवहारले अरुलाई अरु बढी सपना देख्न, अरु बढी सिक्न, अरु बढी गर्न अनि अगी बढ्न प्रेरित गर्दछ भने मात्र तिमि लिडर हौ । – जोन क्विन्सी एडम्स

६.  जिन्दगि भनेको आफूले आफूलाई पत्ता लगाउनु होइन बरु आफूले आफूलाई बनाउनु हो । – जर्ज बर्नाड श

५. अन्धो हुनुभन्दा पनि एकमात्र खराव चिज भनेको आखा भएर पनि सपना नदेख्नु हो । – हेलेन केलर

४. यदि भोली यो संसार टुक्रा टुक्रा भएर जान्छ भन्ने थाहा हुन्छ भने पनि म आज मेरो स्याउको रुख रोप्न छोडदिन । – मार्टिन लुथर

३. सबै महान उपलब्धिहरुको निम्ति समयको आवश्यकता पर्दछ । – माया एन्जेलाउ

२. समस्या नखोज; उपाय खोज । – हेनरी फोर्ड

१. सफल हुन मात्र नखोज बरु मुल्यवान हुन सिक । – अल्बर्ट आइन्स्टाइन

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!