प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

पाउलो कोयाल्होका १६ सर्वोत्कृष्ट भनाइहरु

१. बहादुर बन । जोखिम उठाउ । अनुभवको स्थान अरु कसैले भर्न सक्दैन ।

२. जब कसैले सोझै दोस्रोको आँखा हेरीरहेको हुन्छ त्यो बेला उसले न केही झुट बोल्न सक्छ न कुनै कुरा लुकाउन सक्दछ ।

३. जब तिमी केही चाहन्छौं तब सारा ब्रह्माण्ड सो को प्राप्तिको निम्ति तिम्रो सहयोगमा लागि पर्नेछ ।

४. इश्वरले हामीलाई दिएको सबैभन्दा ठूलो उपहार भनेको ‘निर्णय लिनसक्ने सामर्थ्य’ हो ।

५. आफ्नो हृदयलाई सुन, यसलाई सबैथोक थाहा छ ।

जो आफू केही गर्न सक्दैनन् उनीहरु बाटो छेउ उभिएर ढुंगा हान्ने गर्दछन ।

६. यदि तिमि घाम लागेको बखतमा मात्र हिड्ने गर्छौं भने तिमि कहिल्यै पनि गन्तव्यसम्म पुग्न सक्दैनौ ।

७. माफी त देउ तर घटनालाई नबिर्स नत्र फेरी त्यहि घटना दोहोरिन सक्नेछ । माफीले दृष्टिकोण बदल्छ तर भुलिदिनाले तिमीले एउटा पाठ सिक्नबाट बन्चित हुनेछौ ।

८. अरुलाई सम्झाउनमा आफनो समय खेर नफाल मानिस त्यहि मात्र सुन्दछन जे उनीहरु सुन्न चाहन्छन ।

९. कसैले पनि कसैलाई यहाँ गुमाउदैन किनकि कोही पनि कसैको निजि स्वामित्व होइन ।

१०. आफ्नो जिन्दगीमा के चाहन्छ त्यो पूरा गर्नको निम्ति हरेक मानिस आफ्नो जीवनको हरेक कालखण्डमा उ सक्षम रहेको हुन्छ ।

११. पर्फेक्ट मानिसहरु रक्सि पिउदैनन, झगडा गर्दैनन्, झुट बोल्दैनन, गल्ति गर्दैनन्…. अनि यो संसारममा हुदाँपनि हुदैनन् ।

१२. तिमीलाई निच बनाउने शक्ति कसैलाई नदेउ । घृणा गर्ने व्यक्तिहरु त्यो हरुवाहरु हुन्, जसले आफू विजेता भएको नाटक गर्ने गर्दछन ।

१३. हरेस नखाउ; ख्याल गरेका हौला प्रायःजसो चाबीको झुप्पोको अन्तिम चाबीले नै ढोका खोल्ने गर्दछ ।

१४. एउटइ चिज जसले तिमीलाई सफल हुनबाट रोक्दछ- त्यो हो असफल हुने डर ।

१५. यो नविर्स कि सूर्योदय पनि सुदर हुनको निम्ति आकासमा बादलको तह हुनुपर्दछ ।

१६. जिन्दगीमा कुनै क्रिया (cause) छैन भने जिन्दगि प्रतिक्रिया (effect) विहिन हुनेछ ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!