प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

पहिले आफैलाई प्रेम गर्न सघाउने – १२ भनाइहरु

१. कहिल्यै पनि आफ्नो शिरलाई तल नानिहुर्याउ । यसलाई सधै उचो राख्नु । आफ्ना सिधा आखाले संसारलाई हेर्ने हिम्मत गर्नु । – हेलेन कलर

२. सुन्दर हुनु भनेको आफू जस्तो हू, सोही हुनु हो । तिमि राम्री हुन्, अरुले राम्री छौ भन्नु आवश्यक छैन । वस्, तिमीले आफैले आफ्नो सुन्दरतालाई स्वीकार गर्न सक्नु पर्दछ । – थिच नाथ हान

३. पहिले आफैलाई प्रेम गर अनि सबैथोक सही लाइनमा आउनेछन । संसारमा केही गर्नु अघि तिमीले आफैस्वयंलाई प्रेम गर्नु पर्ने हुनेछ । – लुसिल्ले बाल

४. आफैसँगको मित्रता सबैभन्दा महत्वपूर्ण कुरा हो ।  किनकी यो मित्रता विना संसारका अन्य कसैसँग पनि मित्रता जोड्न सकिदैन ।  – इलेनोर रुजवेल्ट

५. जब तिमि अरु कसैको दोस्रो नम्वरको विकल्प मात्र हौ भने उसैलाई आफ्नो पहिलो नम्वरको आवश्यकता नबनाउ ।  – माया एन्जेलाउ

६. तिमीले प्रेमको खोजी गर्नु होइन बरु आफू भित्रको ति सबै बाधाहरुलाई चिन्नु र हटाउनु हो जसले  प्रेमको निम्ति रोइरहेको थियो ।  – रुमी

७. जब तिमीले आफैले आफूलाई कम मूल्यांकन गर्दछौ तब संसारले पनि तिमीलाई कम मूल्यांकन गर्न थाल्नेछ ।  – ओप्रा विन्फ्री

८. आफूलाई दह्रो बनाउने अन्तिम र एकमात्र उपचार भनेको आफूमा कुनै खरावी छैन भनेर स्वीकार गर्नु हो ।  – रोबर्ट होल्डेन

९. जती तिमिले आफैलाई प्रेम गर्दछौ उति नै तिमी अरुभन्दा फरक हुदै जान्छौं । यसैले तिमीलाई अद्धितीय बनाउदछ । – वाल्ट डिज्नी

१०. जाउ गएर आफैलाई प्रेम गर, अनि सबैथोक ठिक हुनेछ ।  – इन्डी एराई

११. जब हामीले आफिले आफैलाई स्वीकार्न सुरु गर्दछौ तब हाम्रो विकास सुरु हुन्छ । – जिन भेनियर

१२. म जे होइन त्यसको लागि प्रेम पाउनु भन्दा बरु म जे हु त्यसको निम्ति घृणा पाउछु भने त्यो मेरो निम्ति स्वीकार्य छ । – कर्ट कोवेन

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!