प्रेरक भनाइहरु प्रेरक लाइनहरु

यी मनछुने १४ लाइनहरु – दोस्रो खण्ड

• जसले आफ्नो सोचलाई परिवर्तन गर्न सक्दैनन् उनीहरूले केही पनि परिवर्तन गर्न सक्दैनन् । – जर्ज बर्नाड शा

• सानो काममा सफल हुनुभन्दा महान् काम गर्ने प्रयाशमा असफल हुनु बेस । – रोबर्ट सर्चलर

• केही नगरेसम्म केही हुदैन । – अल्बर्ट आइन्स्टाइन

• पिडा अस्थाइ हुन्छ तर हार हुदैन यसर्थ पिडा सह तर हार नमान । – लेन्स आर्मस्ट्रङ

• तिमी त्यो जिन्दगी बाँच जुन तिमी चाहन्छौ । – पिकासो

• प्रत्येक बिहान जब म आँखा खोल्छु म आफैसँग भन्छु,-‘मसँग आजको दिन खुसी हुनेकी दुःखी हुने भन्ने शक्ति छ । मैले यि दुइ मध्ये कुनै एक रोज्न सक्छु । हिजो मरिसक्यो, भोली अझै जन्मेको छैन, मसँग मात्र एक दिन छ- आज । र म यसलाई खुसीले रंगाउन गइरहेको छु ।’ – ग्रुसो मार्स

• तिमी खुसी हुन चाहन्छौ भने, हुन सक्छौ । – लियो टोल्स्टाय

• अब नरोऊ किनभने यो सकियो, बरू खुसी बन किनभने यसको सुरूवात हुदैछ । – सिअस

• मलाई पारी जान त्यो परको पहाडले छेकेको होइन मेरो जुत्ता भित्रको ढुंगाले हो । – चिनिया कहावत

• लामो कालो रात पछी नै नयाँ सुनौलो विहानको सुरूवात हुने हो । – अंग्रेजी कहावत

• यो नहेर कि तिमी कहा लड्यौ, बरू यो हेर कि तिमी कहाँ चिप्लिएका थियौ । – अफ्रिकन कहावत

• जीन्दगी भनेको १०% ममाथी के हुन्छ र ९०% यसप्रति मैले कस्तो प्रतिकृया देखाउछु हो । – चार्ल्स स्विन्डोल

• रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय आज हो । – चिनिया कहावत

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!