प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

प्रेम सम्बन्धि सर्वोत्कृष्ट १६ भनाइहरु

१. एकदिन तिमीले मलाइ सोध्ने छौ, मेरो जिन्दगि बढी महत्वपूर्ण छ कि तिम्रो ? मैले मेरो जिन्दगि भन्नेछु र तिमि मलाई छोडेर जानेछौ यो थाहा नपाईकन कि तिमि नै मेरो जिन्दगि हो । – खलिल जिब्रान

२. जिन्दगि छोटो छ यसैले विस्तारै चुम्वन गर, दिल खोलेर हास, साँचो माया गर अनि छिट्टै क्षमा गर । –  पाउलो कोयाल्हो

३. यदि उनि मजेदार छिन भने उनी छिटै मान्ने खलकको हुदिनन । यदि छिटै मान्ने खालको हुन्थिन भने मजेदार हुने थिइनन । यदि उनि तिम्रो लाएकको छिन भने तिम्ले छोड्ने छैनौ । यदि छोड्छौ भने तिमि लाएकको हुने छैनौ । – बब मार्ली

४. एउटा पुरुष त्यो बेला निकै भाग्यमानी हुन्छ जब उसको प्रेमिकाको उ पहिलो प्रेमि रहेको हुन्छ । र, एउटी महिला तव भाग्यमानी हुन्छिन, जब उनि नै प्रेमिको अन्तिमसम्मको प्रेमीका बन्छिन । – चार्ल्स डिकेन्स

५. मलाई विश्वास छ जे हुन्छ राम्रै को निम्ति हुन्छ । मानिसहरु बदलिन्छन यसकारण कि हामीले उनीहरुलाई आफ्नो जिन्दगि देखि जान दिन सकौ । कहिलेकाही समय हामीले सोचेजस्तो कहिल्यै हुदैन यसकारण कि जब राम्रो समय आउछ त्यो समयलाई प्रशंसा गर्न सकौ । कहिलेकाही झुटले चोट दिन्छ जसको कारण हामीले आफूबाहेक अरुको विश्वास गर्न हुदैन भन्ने कुरा सिक्न सकौ । कहिलेकाही राम्रा चिज हामीबाट खोसिएर जान्छन ताकी अझै उत्तम चिज हामीले प्राप्त गर्न सकौ भनेर हो । – मार्लिन मुनरो

६. कसैलाई माया गर्नु केही होइन, कसैद्वारा माया पाउनु केहिथोक हो, जसले तिमीलाई पनि माया गर्छ उसलाई माया गर्नु सबैथोक हो । – बिल रस्सेल

७. हरेक प्रकारको सुन्दरताको निम्ति त्यसलाई देख्न सक्ने आँखा कसै न कसैमा अवश्य हुन्छ । हरेक सत्यको निम्ति त्यसलाई सुनिदिने कान कसै न कसैमा अवश्य हुन्छ । हरेक मायाको निम्ति त्यसलाई स्वीकार गर्ने मुटु कसै न कसैसँग अवस्य हुन्छ । – इभान पानिन

८. प्रेम मुस्कानद्वारा सुरु हुन्छ, चुम्बन मार्फत फल्छ/फुल्छ अनि आशूमा गएर अन्त्य हुन्छ । –  सन्त अगस्टाइन

९. हामीले एकदमै पर्फेक मानिस भेटेको कारण प्रेम गर्ने होइन हामीले त अपूर्ण मानिसमा पनि त्यो पूर्णता भेटन सकेको कारण प्रेम गर्ने हो । – साम किन

१०. जब तिमि प्रेममा हुन्छौ तब तिमि सुत्न सक्दैनौ किनकि तिम्रो वास्तविकता सपना भन्दा पनि मिठो हुन्छ । – डा. सिअस

११. तिमि जो हौ त्यसको निम्ति मैले तिमीलाई माया गर्ने होइन बल्कि तिमिसँग हुदा मैले आफूलाई जस्तो महसुस गर्छु त्यसको निम्ति म तिमीलाई माया गर्छु । – रो क्राफ्ट

१२. सबैभन्दा कठिन पलहरु मध्यको एउटा हो, मनमा भन्नको निम्ति असिमित शब्दहरु हुनु तर मुखले बोल्न नसक्नु । – जेम्स अर्ल जोन्स

१३. आफ्नो माया त्यसको निम्ति खेर नफाल जसले तिम्रो प्रेमको मुल्य चिन्न सक्दैन । – विलियम शेक्सपियर

१४. संसारमा एक मात्र खुसी छ- माया गर्नु र माया पाउनु । – जर्ज स्याण्ड

१५. मलाई माया गर या घणा गर दुवै मेरो पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । – विलियम शेक्सपियर

१६. गुडबाइ भन्ने तिनीहरूका लागि मात्र हो जसले आखाँद्वारा प्रेम गर्दछन् । तिनीहरू जो हृदय र आत्माद्वारा एक आपसमा प्रेम गर्दछन् उनीहरूका लागि विछोड भन्ने नै हुदैन । – रूमी

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!