प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

खलिल जिब्रानका १४ उत्कृष्ट भनाइहरु

१. एकदिन तिमीले मलाइ सोध्ने छौ, मेरो जिन्दगि बढी महत्वपूर्ण छ कि तिम्रो ? मैले मेरो जिन्दगि भन्नेछु र तिमि मलाई छोडेर जानेछौ यो थाहा नपाईकन कि तिमि नै मेरो जिन्दगि हो ।

२. जबसम्म विछोड हुदैन तबसम्म प्रेमको गहिराइ थाहा पाउन सकिदैन ।

३. सुन्दरता मुहारमा हुदैन यो हृदयको उज्यालोमा हुन्छ ।

४. इश्वरले भन्नु भयो, आफ्नो सत्रूलाई पनि प्रेम गर्नु । मैले उनको कुरालाई अनुसरण गर्दै आफैलाई प्रेम गरे ।

५. हामी हाम्रो क्षमताले खुम्चिएका होइनौ बरु हाम्रो आफ्नो सपनाको कारण खुम्चिएका हौ ।

६. मलाई त्यो ज्ञान देखि टाढा लैजाउ जसले रुन दिदैन, त्यो सिद्धान्त देखि जसले हास्न दिदैन अनि त्यो महानतादेखि जसले बच्चाको सामू झुक्न देखि रोक्छ ।

७. कुनै पनि व्यक्तिको मन र मस्तिष्कलाई बुझ्नको लागि उसले के-के हासील गरिसकेको छ त्यो नहेर अरु उसले के-के हासिल गर्ने सपना राख्दछ त्यसलाई हेर ।

८. हरेकको भित्र दुइ खालको मान्छे हुन्छ; एउटा अध्यारोमा जागा रहेको हुन्छ भने अर्को उज्यालोमा सुतिरहेको हुन्छ ।

९. कसको साथमा तिमी हासेका थियौ यो विर्सन सक्छौ तर कसको साथमा तिमि रोएका थियौ यो कहिल्यै विर्सन सक्ने छैनौ ।

१०. यदी मैले घाम र त्यसको न्यानोलाई स्वीकार्छु भने मैले चट्यांग र गर्जनलाई पनि स्विकार्नु पर्ने हुन्छ ।

११. कसैप्रति मोहित हुन केही मिनेट मात्र लाग्दछ, कसैलाई मन पराउन केही घण्टा मात्र र प्रेम गर्न केही दिन मात्र… तर कसैलाई भुल्न पुरै जीवनकाल लाग्दछ ।

१२. यदि तिमि कसैलाई माया गर्दछौ भने उसलाई जान देउ; यदि उ फर्कन भने उ सधैभारीको निम्ति तिम्रो थियो; फर्कदैन भने उ कहिल्यै तिम्रो थिएन ।

१३. हिजो भनेको अरु केही होइन बस आजको स्मृति मात्र हो, भोली भनेको केही होइन बस आजको सपना मात्र हो ।

१४. जब हामी कसैसंग साथमै हुन्छौ तब निकै टाढा झैँ हुन्छौ तर जब टाढा हुन्छौ तब कति निकट अनुभूत गर्दछौं ।

प्रतिक्रिया

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!