प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

१४ शक्तिशाली भनाइहरु [पाँचौं खण्ड]

१४. धैर्यता, दृढता र मेहेनत यी तिन चिजको समिश्रणले हराउन नसक्ने सफलताको योग सिर्जना गर्दछ । – नेपोलियन हिल

१३. सफलतालाई आफ्नै अनुसार व्याख्या गर, यसलाई आफ्नै नियमद्वारा हासिल गर, र यस्तो जिन्दगि बनाउ जहाँ तिमि स्वयमलाई बाच्नुमा गर्व लागोस । – मेरी टेलर मूर

१२. स्वयम् म आफैले मात्र मेरो जिन्दगि परिवर्तन गर्न सक्छु; अरु कोही आएर मेरोलागि परिवर्तन गरिदिन सक्नेछैनन । – क्यारोल बर्नेट

११. मेरो चासो भगवान हाम्रो पक्षमा छन् कि छैनन् भन्ने होइन, मेरो चासो हामी भगवानको पक्षमा छौ कि छैनौ भन्ने हो किनकि भगवान सधै सही हुनुहुन्छ । – अब्राहम लिंकन

१०. आधा समयमा हार मान्ने काम नगर; बरु अर्को आधा समयमा कसरी जित्ने त्यसमा पुरा ध्यान लगाउ । – वियर ब्रायान्ट

९. यदि तिमि हिजो लडेका हौ भने, आज उठ्ने सहस गर । – एच.जी वेल्स

८. कहिल्यै पनि आफ्नो शिरलाई निहुराउने काम नगर । हार मानेर झोक्राएर बस्ने काम नगर । जहिल्यै पनि अर्को बाटोबाट अघि बढ्ने प्रयत्न गर । – चार्ल्स स्पर्जन

७. हरुवाहरु हिजोमा अल्झिरहेका हुन्छन् । विजेताहरु त हिजोबाट सिक्छन, आजको दिनको क्षणमा रमाउदै भोलीको लागि मेहेनत गर्दछन । – डेनिस वेट्ली

६. चाहना नै सबै उपलब्धिहरुको उद्गमस्थल हो । – नोपोलियन हिल

५. आफैमाथि कडा अझ बढी मेहेनत गर जति तिमि आफ्नो काम प्रति गर्दछौ । – जिम रोन

४. पहिले आफ्नो लक्ष्य निकै माथी राख अनि जबसम्म त्यहाँ पुग्दैनौ तबसम्म माथी चढ्न नछोड । – बो ज्याक्सन

३. तिम्रो हिजोको तयारीमा तिम्रो सफलता अडेको हुन्छ; यदी तिमीले त्यो तयारी गर्न सक्दैनौ भने तिमी असफल हुने निश्चित छ । –  कन्फ्युसियस

२. अनुभव भनेको हामीले हाम्रा गल्तीहरुलाई दिएको वस् एक साधारण नाम मात्र हो । – ओस्कार वाइल्ड

१. जीवनको अर्थ आफ्नो जिन्दगीको सर्वोत्तम उपहारलाई पत्ता लगाउनु हो र जीवनको उद्देश्य उक्त गिफ्टलाई अरु मानिस माझ बढ्नु हो । – पाब्लो पिकासो

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!