प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

असफलता के हो ? के होइन – उर्जाशील १७ भनाइहरु

१. असफलता भनेको खस्नु होइन, खसेपछी न उठ्नु हो । – मेरी पिक फोर्ड

२. ढल्नुमा तपाईको दोष नहुन सक्छ, तर उठ्नुभएन भने त्यो तपाईकै दोष हो । – जेसी ज्याक्सन

३. विजेताहरू पराजयलाई पनि विजयकै एक हिस्सा मान्छन् । – माया एन्जेलाऊ

४. संकट, बाधा एवं असफलता भनेका शिखर पुग्ने खुड्किला नै हुन् । – डेनी क्वीन

५. केही नगर्नेले मात्र कुनै गल्ती नगर्ने हो । – फ्रान्सेली आहान

६. मेरो सबभन्दा ठूलो चिन्ता यो होइन कि तपाई असफल हुनुभयो, सबभन्दा ठूलो चिन्ता त यो हो कि तपाई आफ्नो असफलतामै सन्तुष्ट भएर बस्नुभएको छ । – अब्राहम लिंकन

७. मानव मस्तिष्कले जे चाहन्छ र विश्वास गर्छ, त्यो पाउन सक्छ । – नेपोलियन हिल

८. सफल बन्नका लागि होइन, बरू मूल्यवान बन्नका लागि संघर्ष गर । – अल्बर्ट आइन्स्टाइन

९. जंगलमा दुई बाटो छुट्टिएका थिए, मैले सबैभन्दा कम हिडिने बाटो रोजे र यसले नै मेरो सबै थोक बदलिदियो । – रोबर्ट फ्रस्ट

१०. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो । – फ्लोरेन्स नाइटिंगेल

११. तिमीले ती सम्पूर्ण अवसरहरू गुमायौ जुन तिमीले लिएकै थिएनौ । – वाएन ग्रेट्की

१२. मैले आफ्नो करियरमा ९००० अवसरहरू गुमाए । मैले झण्डै ३०० खेल हारे । २६ पटक खेल जित्छु भन्ने भरोसा हुदाँहुदै पनि ती सट गुमाए । म पटक, पटक धेरै पटक जीवनमा असफल भए । त्यसैले त आज म यतीको सफल हुन सके । – माइकल जोर्डन

१३. लक्ष्य प्रतिको दृढ निश्चयता नै सबै उपलब्धिको पहिलो बिन्दु हो । – विलियम क्लेमेन्ट स्टोन

१४. प्राय सबै मानिसले आफूसँग कुनै शक्ति छैन भन्ने सोचेर आफूसँग भएको अनन्त शक्ति त्याग गर्ने गर्दछन । – एलिस वाल्कर

१५. हाम्रो मस्तिष्क नै सबैथोक हो, हामी जे सोच्छौ त्यही बन्छौ । – गौतम बुद्ध

१६. रूख रोप्ने पहिलो उपयुक्त समय विस वर्ष पहिले थियो र दोश्रो उपयुक्त समय अहिले हो । – चिनिया उखान

१७. यदी तनाव र पिडा हुदैन भने मानिसले केही पनि सिक्न सक्दैन । – जिम क्यारी

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!