प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

जिन्दगि कसरी बाँच्ने ? – जिन्दगी बाँच्न सिकाउने २४ भनाइहरु

१. अवसर पाएर तयार नहुनुभन्दा अवसर नपाइकनै तयार भएर बस्नु धेरै राम्रो हो । – व्हिटनी युंग

२. नदेखिकन केही पनि नपिऊ र केही नपढीकन सही नगर । – स्पेनिस उखान

३. केवल सोच्ने मात्र होइन, केही गरेर पनि हेर । – महाविर स्वामी

४. प्रत्येकका उपदेश सुन तर तिमी भने थोरै मात्र उपदेश देऊ । – सेक्सपियर

५. आफू कति सुत्छु भन्नेमा ध्यान नदेऊ, आफू कति टाढा जानुछ भन्नेमा विचार गरेर बढ । – कन्फ्युसियस

६. सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । – डोन जुआन

७. कुनै कुरालाई बीउको रूपमा हेर्नु नै विद्वता हो । – लाओ-त्से

८. प्रतिभाशाली मान्छेका विरूद्धमा सबै मूर्ख मान्छेहरू उचालिएका हुन्छन् । स्विफ्ट

९. सबै किसिमको ज्ञानको लक्ष्य चरित्र निर्माण हुनुपर्दछ । – महात्मा गान्धी

१०. व्यावहारमा नउतारिएको ज्ञान नपचेको भोजन जस्तै हो । – साईबाबा

११. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन । – थियोडोर रूजवेल्ट

१२. जीन्दगीमा चार चिज कहिल्यै नतोड्नु, भरोसा, वाचा, सम्बन्ध र हृदय, किनभने यिनिहरूले भाँचिदा धेरै आवाज त दिदैनन् तर पिडा दिन्छन् । – चार्ल्स

१३. जसले जीवनको एक घण्टा समय व्यर्थमा फाल्ने दुःस्साहस गर्दछ, उसले अझै जीवनको मूल्य पत्ता लगाएको छैन । – चार्ल्स डार्विन

१४. जो पढिरहन्छ, त्यो ठूलो तपस्वी हो । – उपनिषद

१५. शिक्षामा लगानी गर्नुभनेको मूलधन बढाउनु हो । – जय पृथ्वी बहादुर सिंह

१६. अभ्यास नगर्ने हो भने विद्या विष हुन्छ । – हितोपदेश

१७. अध्ययन गर्दा कहिल्यै मर्दिन भन्ने भावना राख, व्यवहार गर्दा भोली मर्छु भन्ने सम्झ । – आइसकोर

१८. कायरहरू मर्नुपूर्व धेरै पटक मरिसकेका हुन्छन् । – विलियम शेक्सपियर

१९. मानव रोटी मात्रले बाच्न सक्दैन । – बाइबल

२०. सफलता अन्तिम हुदैन, असफलता घातक हुदैन । – विन्स्टन चर्चिल

२१. प्रेममा परेको बेला सबैजना कवि हुन्छन् । – प्लेटो

२२. असंभव भन्ने शब्द मेरो शब्दकोशमै छैन । – नेपोलियन बोनापार्ट

२३. जब म आफूले पाएको जिन्दगीसँग खुसी थिइनँ तब मैले आफूले चाहको जस्तो जिन्दगि निर्माण गरे । – कोको शनेल

२४. गल्ति र शत्रु ठूला गुरु हुन्, तिनैका कारण तिमीले पूनर्जन्म पाएका हौ । – कियानु रिभ्स

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!