प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

म घमण्डी हैन, हक्की मान्छे हुँ – गोकुल बास्कोटाका २१ स्मरणीय भनाइहरु

निवर्तमान संचारमंत्री तथा सरकारको प्रवक्ता गोकुल बास्कोटाकाद्वारा पत्रकार सम्मेलन तथा अन्य समयमा भनिएका टुक्का लाईनहरुको हामीले विभिन्न पत्रपत्रिका मार्फत संकलन गरी तल प्रस्तुत गरेका छौ । ज्ञात रहोस, यी भनाइहरु मार्फत हाम्रो उद्देश कसैलाई होच्याउनु वा माथि उठाउनु होइन, उनको चर्चा परिचर्चाका बीच प्रस्तुत गरेका हौ, यसलाई राजनीति परिधिभित्र बाट नहेरिदिनुहुन सफलता पोष्ट अनुरोध गर्दछ ।

१. पत्रकार शिकारीजस्ता भए, जति ठोके पनि फरक पर्दैन ।

२. म चुप्पी बोकेर पत्रकारिता सिध्याउन हिँडेको मान्छे होइन ।

३. म घमण्डी हैन, हक्की मान्छे हुँ ।

४. केही तत्वहरु आलोचनामै सुत्छन्, आलोचनामै ब्युँझन्छन् ।

५. ओली सरकारले अब धेरै भाषण नगर्ने, काम गर्ने ।

६. प्रधानमन्त्रीलाई विश्वासको मत लिन महाभारत छैन, यसो हात उठाए भइहाल्यो ।

७. कसैले पनि हातमाथि पर्दा तरवार, तल पर्दा म्याउँ गर्ने कार्य नगरोस ।

८. चिहानमा आराधाना गर्दैमा राजतन्त्र फर्किदैन ।

९. धन्न युट्युबर सिंहरदरबार छिर्न पाएनन्, नत्र भएको घटना भन्दा पनि बढी अर्कै घटना बन्ने थियो ।

१०. हामीले भलै जे गरौ तर हामीलाई नाङ्गै हिड्ने स्वतन्त्रता छैन ।

११. मलाई भन्न सक्नुहुन्छ; राति सुतेको बेला पनि हैरानी गर्नेलाई दनक नदिएर के दिने ?

१२. हामी यस्तो समयमा छौ कि अब अपराधी पानीमुनि गएपनि उम्किन पाउदैन ।

१३. मेरो स्वाभावले चर्को नबोलौं भन्छु, तर नबोली हुँदै हुन्न !

१४. निर्मलाका हत्यारालाई सरकारले छाड्दैन् ।

१५. ‘नाङ्लो ठटाए’ पनि यो सरकार पाँच वर्ष निरन्तर चल्छ ।

१६. अहिले त मलाई बोल्न पनि मन लाग्दैन ।

१७. यदि हामीले अहिले वातावरण जोगाएनौ भने मान्छे डाइनोसर बन्ने खतरा हुन्छ ।

१८. मेरो प्रश्न सबैलाई भन्नुस; दुई तिहाईको सरकार ढाल्ने कस्को हिम्मत छ ?

१९. परालको त्यान्त्रो समातेर पार लगाउन सक्छ कि भन्ने दाउ कहिल्यै सफल हुदैन ।

२०. ठूलो माछाले सधै सानो माछालाई खान्छ ।

२१. वर्तमान सरकारले कुठाराघात र वेइमानी कहिले गर्दैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!