प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ

१. हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन ।
– एपिक्युरस

२. हार-जीत त जीवनमा भई नै रहन्छ तर मन भने कहिल्यै हार्नु हुदैन ।
– अमिताभ बच्चन

३. हाम्रा लक्ष्य साह्रै ठूलो भएर कत्ती पनि खतरा हुँदैन बरू खतरा त तब उत्पन्न हुन्छ जब लक्ष्य साह्रै तुच्छ हुन्छ र त्यो साकार हुन थाल्छ ।
– माइकल एन्जेलो

४. तपाई जुन स्थानबाट यहाँसम्मन् आउनुभयो फेरि त्यसैतिर फर्केर हेरि रहनुभन्दा अब कहाँ जानुछ त्यतैतिर हेर्नु बेस हुन्छ ।
– फिलिम स्किन

५. पहिले हामीले आफ्नो बानी बनाउछौ, र पछि बानीले हामीलाई बनाउछ ।
– जोन ड्राइडन

६. सफलता बाहिर प्राप्त हुने कुरा होइन, यो त आफै भित्रबाट आउने कुरा हो ।
– राल्फ वाल्डो इमर्सन

७. तिमीले जीवनमा गर्न सक्ने सबभन्दा ठूलो गल्ती हो- गल्ती होला कि भनी डराएर कुनै प्रयास नगर्नु ।
– अल्बर्ट हुबार्ड

८. सबै मानिस महान् हुनसक्छन् किनकि सबै व्यक्तिले सेवा गर्न सक्छन् । सेवा गर्नका लागि तपाईसँग कलेजको डिग्री हुनुपर्छ भन्ने छैन । सेवा गर्नका लागि व्याकरणको क्रिया र कर्ता र गणितका सूत्रहरू जान्नैपर्छ भन्ने छैन । आवश्यक पर्छ त सिर्फ दयाले भरिएको मनको आवश्यकता पर्छ, प्रेमले परिपूर्ण आत्माको जरूरत हुन्छ ।
– मार्टिन लुथर किंग, जुनियर

९. जसले समस्याको उपयोग गर्न सक्छ उसले महानतालाई छुन सक्छ ।
– नेल्सन मण्डेला

१०. हामीभित्र के छ भन्ने कुरासित तुलना गर्ने हो भने हाम्रा अगाडि र पछाडी भएका सारा कुरा तुच्छ हुन्छन् ।
– राल्फ वाल्डो इमर्सन

११. मेरो सफलताको एउटै कारण भन्नुपर्दा कुनै पनि बाहाना नबनाउनु हो ।
– फ्लोरेन्स नाइटिंगेल

१२. आरामका जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झदैन
– थियोडेर रूजवेल्ट

१३. लगातार पर्ने पानीले कठोर ढुंगालाई समेत खियाउछ ।
– विलयम शेक्सपियर

१४. हामीले हिमालयमाथी विजय पाएका होइनौ, आफूमाथी विजय पाएका हौ ।
– एडमण्ड हिलारी

१५. दुनियँमा सबभन्दा राम्रो काम के हो ? अरूलाई सफल पार्न सहयोग गर्नु ।
– एलन लाइ म्याक्सिस

१६. प्रार्थना गर्ने ओठहरूभन्दा सेवा गर्ने हातहरू नै पवित्र हुन्छन् ।
– साइबाबा

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!