प्रेरक भनाइहरु विषय विशेष भनाइहरु

१६ रोचक भनाइहरुको संग्रह

१. प्रेम चुरोट जस्तै हो, जुन आगोबाट सुरू भई धुवामा अन्त्य हुन्छ ।
– जर्ज बर्नाड शा

२. सधै ‘निरासावादी’बाट पैसा सापटी माग किनकी उसले फर्ता माग्न ‘आशा’ गर्नेछैन ।
– ओस्कार वाइल्ड

३. एउटा सफल पुरूष उ हो जसले श्रीमतीले गर्ने खर्च भन्दा बढी कमाउछ र सफल महिला उ हो जसले यस्तै श्रिमान पाउछिन् ।
– लाना टर्नर

४. जस्तो भए पनि बिहे गर, राम्रो श्रीमती मिले खुसी हुनेछौ नराम्रो मिले दार्शनिक ।
– सुकरात

५. मैले इश्वरसँग बाइक मागे, पछी थाहा भो उनले सोझै दिन सक्दैनन्, यसैले मैले बाइक चोरे र क्षमाका लागि प्रार्थना गरे ।
– इमो फिलिप्स

६. जब एक व्यक्ति भ्रमले ग्रस्त हुन्छ उसलाई पागल भनिन्छ । जब धेरै मानिस भ्रमले ग्रस्त हुन्छन त्यसलाई धर्म भनिन्छ ।
– रोबर्ट प्रिसंग

७. सत्यले पायन्ट लगाउदासम्म झुठले संसारको आधा बाटो पार गरिसकेको हुन्छ ।
– सर विन्स्टन चर्चिल

८. संसारमा दुई चिज अनन्त छन्, एक अन्तरिक्ष र दोश्रो मानविय मूर्खता ।
– अल्बर्ट आइन्स्टाइन

९. यदि तिम्रो शत्रूले गल्ती गरिरहेको छ भने, उसलाई बाधा नपुर्याउ ।
– नेपोलियन बोनापार्ट

१०. हामीले खेल हारेका होइनौ, मात्र समयमा पूरा गर्न नसकेका हौ ।
– विन्स लोम्बर्डी

११. हामी सबै पागल हौ । तर जसले आफ्नो पागलपनको व्याख्या गर्न सक्छ उ दार्शनिक कहलाउछ ।
– एम्ब्रोस विर्स

१२. विद्वान मानिसले कहावत बनाउछन् र मूर्खहरूले त्यसलाई पालन गर्छन् ।
– स्यामुयल पाल्मर

१३. सबैभन्दा खतरनाक भोजन विवाहको केक हो ।
– जेम्स थुर्बेर

१४. सरकारी जागिर खानुभन्दा सामुद्रिक डाकु बन्नु महान कार्य हो ।
– स्टिभ जब्स्

१५. शरीरलाई स्वस्थ राख्ने एकै उपाय छ, मनपर्ने नखाउ, मनपर्ने नपिउ र जे छैन त्यो गर ।
– मार्क ट्वेन

१६. राम्रो भाषण महिलाको स्कर्ट जस्तै हुनुपर्छ । मुख्य विषय छोप्नेजतीको लामो र आकर्षण पैदा गर्नेजतीको छोटो ।
– विन्स्टन चर्चील

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!