प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

मार्कस औरेलियासका १४ शक्तिशाली भनाइहरु

मार्कस औरेलियसको जन्म इशापूर्व १२१ मा भएको थियो भने उनको मृत्यु इ.पू. १८० मा भएको थियो । उनी रोमका सम्राट थिए र एक स्टोनिक दार्शिनिक पनि थिए । उनि ‘पाँच राम्रा सम्राटहरु’ को रुपमा चिनिएका अन्तिम सम्राट थिए । सफलता पोष्टमा हामीले उनका १४ प्रख्यात भाइहरु यहाँ प्रस्तुत गरेका छौ; यसको भावानुवाद यात्री केशरले गर्नुभएको हो ।

१. जब तिमि विहान उठ्छौ तब सोच्नु कि स्वास फेर्न, सोच्न, आनन्द मनाउन अनि प्रेम गर्नको निम्ति जिउदो रहने कस्तो महत्वोपूर्ण सौभाग्य पाएका छौ तिमीले ।

२. म दंग त यो कुरामा पर्छु कि हामीले अरुलाई भन्दा आफैलाई कति धेरै माया गर्छौं तर विचारमा आफ्नै मनलाई सुन्नु भन्दा अरुले के सोच्ला भन्नेमा धेरै ध्यान दिन्छौ ।

३. जति पनि हामीले सुन्छु त्यो वस् धारधा हुन्, तथ्य होइन् । जतिपनि हामी देख्छौ ती वस् दृष्टिकोण हुन्, सत्य होइनन् ।

४. तिम्रो जीवनको खुसी तिम्रो सोचाईको गुणस्तरमा भर पर्दछन । तिमीले के-कस्तो सोच्दछौ त्यसैमा नै तिम्रो खुसी निर्भर रहन्छ ।

५. ति सवै वर्षहरुको बारेमा सोच त जहाँ तिमीले भोलीदेखि गर्छु भन्दै भन्दै समय वितायौ । र पनि भगवानले तिमीलाई भगवानले तिम्रो आफ्नो क्षमता प्रस्फुटन गर्न अर्को पछी अर्को दिन दिइरहनु भयो । यसैले अब तिमीले बुझुनुपर्ने हुनेछ कि तिमि पनि यो ब्रह्माण्डको एउटा पाटो हौ र तिम्रो समय पनि सिमित छ, त्यसैले प्रत्यक पलको उपयोग निकै बुझेर गर्ने गर ।

६. तिम्रो आफ्नो मन-मस्तिष्क प्रति तिम्रो अधिकार छ बाहिरि घटनाहरु प्रति होइन । यो कुरा बुझ्न सक तब मात्र तिमीले आफ्नो वास्तविक क्षमता भेट्न सक्नेछौ ।

७. यदि विषयवस्तु के-को बारेमा थाहै छैन भने दशौ हजार जनाको विचारको कुनै अर्थ हुनेछैन ।

८. अरु कसैमा गल्ति देख्नु भन्दा पहिले आफैलाई यो सोध्नु कि उसको जुन गल्तिलाई मैले आलोचना गर्न गइरहेको छु, त्यो मेरो कुन चाहि गल्तिसँग ज्यादा मिल्न जान्छ ?

९. खुसी हुनलाई थोरै मात्र भए पुग्छ; बाँकी सबै तिमि भित्रै छ त्यो तिम्ले सोच्ने तरिकामा भर पर्दछ ।

१०. मृत्युले हामीसबैलाई हेरेर मुस्कुराइरहेको हुन्छ, वस् हामी सबैले गर्न सक्ने भनेको फिर्तामा हामी पनि मुस्कुराउनु हो ।

११. तिम्रो आत्मा तिम्रो विचारको रंग सँगै आफ्नो रंग फेर्ने गर्दछ ।

१२. बोलिमा मात्र मिठो होइन, कर्ममा पनि मिठो बन्ने गर्नु ।

१३. एउटा मान्छे मृत्युसँग डराउनु आवश्यक छैन बरु यो कुरामा डराउनु आवश्यक छ कि अझै जीवन जिउन सकेको छैन ।

१४. सबैभन्दा उत्कृष्ट प्रतिशोध भनेको दुश्मन भन्दा फरक हुनु हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!