प्रेरक लाइनहरु

सहनु तर नबिर्सनु ! – मनछुने लाइनहरु

१. हौसला नहार खसेर ए जिन्दगी ! यदि दर्द यहाँ भेटिन्छ भने औषधी पनि यहि भेटिन्छ ।

२. चाहे जमाना जति नै मेरो विरुद्धमा होस , हिड्छु त्यही बाटोमा जुन बाटो साचो र सफा हुन्छ ।

३. त्यो मान्छेहरु कहिल्यै कसैका हुदैनन जसले मित्रता र सम्बन्धलाई कपडाको जस्तो बदल्ने गर्छ ।

४. एउटा रोटी दिन सकेन त्यो निर्दोषलाई तर त्यो तस्बिर लाखौमा बिक्यो जसमा उ भोको बसेको थियो ।

“यदि जिन्दगीले मलाई हिलैहिलोको बिचमा फ्याक्छ भने पनि मलाई खैर छैन, म कमल बनेर उठ्नेछु ।” – यात्री केशर

५. मान्छे कुरा दिलको गर्छन तर आज पनि प्रेम अनुहार बाटै हुने गर्छ ।

६. एउटा पुस्तकालयमा राखिएको गिता र कुरान कहिल्यै लड्दैनन र जो यिनीहरुको लागि लड्छन उनिहरुले यसलाई कहिल्यै पढ्दैनन ।

७. कस्तो चमत्कार छ यो प्रकृतिको; जिउदो मान्छे पानी डुब्छ र मुर्दा तैरीएर देखाउछ ।

८. दुनियाको मान्छे धेरै निर्दयी छ, उसले तिम्रो दुख दर्द मा रोइ रोइ सोध्छन र हाँसी हाँसी सारा दुनियालाई बताउछन । (आजका युट्युबरहरुको काम नै यही छ !)

९. जिन्दगी त आफ्नै तरीकाले चल्दछ, अरुको सहाराले त वस कात्रो निस्कने गर्छ ।

१०. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस  जसको बिश्वास तपाइमाथी तब पनि होस  जब तपाइको समय बदलिन्छ ।

११. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

१२. जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।

र यो यात्री विचार पनि…..

यदि जिन्दगीले मलाई हिलैहिलोको बिचमा फ्याक्छ भने पनि मलाई खैर छैन, म कमल बनेर उठ्नेछु ।

आज म समय र परिस्थितीले दिने हर ताप र चाप सहनेछु, ताकी म भोली हिरा बनेर चम्कन सकू । हो मलाई थाहा छ, प्रत्येक चंगालाई सबैभन्दा माथी उड्न सबैभन्दा ज्यादा हावाको दबाब चाहिन्छ । अध्यारो रात नभोगेसम्म कुनै विहान स्वर्णिम लाग्दैन । यदि संघर्ष सफलताको टाकुरामा पुग्ने एउटै मार्ग हो भने, यसलाई म जिन्दगीको सबैभन्दा रोमाञ्चक एडभेन्चरको रूपमा लिनेछु ।

म आफ्नो भाग्यलाई दोष दिएर, पुर्पुरो ठोक्दै औसत जीवन बाँच्ने छैन । किनभने जिन्दगीले मलाई कुन अवस्थामा फ्याक्यो यसको मैले चिन्ता गर्दिन बल्कि यसै स्थानबाट कसरी सानदार रूपबाट माथी उठ्ने म यसैको बारेमा चिन्तन गर्छु ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!