प्रेरक लाइनहरु

जिब्रोलाई सुधार सम्बन्ध आफै सुध्रीन्छ ।

हामी उनिहरुसित लड्न सक्छौ जो खुलेआम दुश्मनी गर्छन, तर तिनिहरुलाई के गर्ने, जो साथमा रहेर पनि मुस्कुराएर प्रहार गर्छन ।

मेरो मौनताको रहस्य प्रती म आफै नै अनभिज्ञ छु, थाहा छैन किन मान्छेले मलाई घमण्डी सम्झिन्छन ।

मान्छेले भन्छन कि जब कोहि आफ्नो टाढा गयो भने धेरै दुख हुन्छ, तर वास्तविक दुख त तब हुन्छ जब कोहि आफ्नो साथमा भएर पनि टाढाको दुरी बनाउछ ।

बस्, यति नै कहानी थियो मेरो प्रेमको, मौसमको जस्तो तिमी बदलियौ, फसलको जस्तो म बर्बाद भए ।

समस्यामा यो नसोच्नुस कि अब को काम आउँछ ? बल्की यो सोच्नुस कि अब को छोडेर जान्छ ?

प्रेम गर्नुभन्दा पहिला धेरै पैसा कमाइहाल्नु साथी गरीबको प्रेम अक्सर बिचबजारमा निलाम हुने गर्छ ।

राम्रो समय कहिल्यै आउदैन बल्की समयलाई राम्रो बनाउनुपर्दछ ।

सल्लाह त खुब दिन्छौ `खुशी हुने गर´ कहिलेकाही कारण पनि दिदिने गर ।

कसैले क्या सत्य भनेका छन – ए ! मृत्यु , अलिकती पहिले नै आउनु गरीबको घरमा, कफनको खर्च औषधीमै सकिन्छ ।

माथी उठ्नको लागि पखेटाको आवश्यकता त पंछिहरुलाई पर्दछ , मान्छे त जति विनम्रताले झुक्दछ त्यति नै माथी उठ्छ ।

दिल ठूलो भयो भने मित्र बन्छन, दिमाग ठूलो भयो भने दुश्मन ।

खराब धर्म होइन मान्छे हुन्छन र खराब मान्छेको कुनै धर्म छैन ।

—-

साहस….। – यात्री केशर

यदि मैले चन्द्रमामा पाइलो टेक्ने प्रथम व्यक्ति को हुन् भनेर सोधे भने, प्रायः ले सहि जवाफ दिनुहुनेछ, -‘निल आर्मसट्रङ’ । तर दोश्रो व्यक्ती को हुन भनि सोधेमा, म ठोकेरै भन्न सक्छु एकाधले मात्र त्यो नाम भन्न सक्नुहुनेछ ।

थाहा छ ? त्यो दोश्रो व्यक्ति एडविन एड्रिनाल थिए । उनी यानका क्याप्टेन थिए । योजना मुताविक चन्द्रमामा पहिलो पाइला उनले नै राख्नुपर्ने थियो । सर्वप्रथम उनीनै नेतृत्व गरेर चन्द्रमामा ओर्लनपर्ने थियो । तर जब उनले ओर्लन आफ्नो पाइला केही तल के झारेका थिए, हतपत माथी ताने । किनभने उनलाई डर थियो ‘त्यहाँ जे पनि हुनसक्थ्यो’ । उनले ओर्लने साहस गर्न सकेनन् । उनी डराए ।

तर आर्मस्ट्रङले साहसका साथ आफ्नो पाइला अघि सारे र सबै जोखिम मोलेर चन्द्रमामा पहिलो पाइला राखे । यसैले उनी प्रख्यात बने ।

सबैलाई पहिलो पटक चन्द्रमामा पाइलो राख्दा ‘जे पनि हुन सक्ने’ डर थियो, यो जोखिमको काम थियो । उनले साहस गरे र पाइलो अघि सारे यसैले उनी प्रख्यात भए किनभने त्यसपछी चान्द्रमामा ओर्लनु सामान्य विषय बन्यो ।

हामीले जान्नेपर्ने कुरा….हाम्रो यात्राको बाधा अगाडीको ठूलो चट्टान कदापी बन्न सक्दैन, हाम्रो बाधा त त्यसलाई पार गर्ने साहसको कमी हो । ओलम्पिक च्याम्पियन बब रिचर्ड्सले लेखेका छन् ‘झण्डै पचास लाख मानिसले मलाई पोल वाल्टमा हराउन सक्थे, पचास लाखले तर मैले जिते किनभने उनीहरू मध्ये कसैले पनि पोल उटाउने साहस गर्न सकेनन्, आफ्नो क्षमतामा विश्वास गरेनन् ।’

साहस के हो ? जब तपाईको चारैतिर विषम परिस्थीती छ तब पनि अघि बढ्ने दृढता लिनु साहस हो । जोखिमलाई मोल्न सक्नु साहस हो । शायद सत्र पटक चुनावमा हारिसके पछी अझ अर्को पटक चुनाव लड्ने साहस नगरेका भए लिंकन गुमनाम नै रहन्थे, आफ्ना जायजेथा सबै बेचेर कम्पनी खोल्ने साहस नगरेका भए होण्डा एउटा मजदुरको रूपमै रहन्थे ।

सफलता चुम्न अघि बढ्नुपर्छ र अघि बढ्न साहस चाहिन्छ । हर साहसको पछाडी नै जित लुकेको हुन्छ । कायरहरू, कमजोरहरू पटक पटक मरेर बाँचिरहेका हुन्छन्, औसत घिसिपीटी जिन्दगी घिसारिरहेका हुन्छन्……शालिन जिन्दगी बाँच्नेहरूत आखिर साहसी नै हुन्छन् । यसर्थ जिन्दगी सदैवमा साहसी बनौ र बढौ जित भन्दा अघि ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!