प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

चे ग्वेभाराका सोह्र क्रान्तिकारी भनाइहरु

१. क्रान्ति भनको त्यो स्याउ जस्तो होइन जुन पाकेपछि आफै झर्छ, यो त तिमि आफैले झार्नु पर्दछ ।

२. आफ्नो जीवन जीतमा रमाएर होइन हारलाई हराएर मनाउनु पर्दछ ।

३. एउटा सच्चा क्रान्तिकारी प्रेमको महान अनुभूति मार्फत निर्देशित हुन्छ ।

४. साथी नहुनु दुखदायी कुरा हो तर शत्रु नहुनु त्यो भन्दा वेसी दुखद कुरा हो ।

५. हरेक व्यक्तिको हृदयमा सत्य रहेको हुन्छ । चाहे उसको परिस्थिति कति नै विषम किन नहोस, चाहे मानिसले बाहिरबाट उसलाई फरक नजरियाले किन नहेरुन, चाहे उसको हृदयमा सत्य जति नै गहिराइ वा कम गहिराइमा किन नहोस, जब एक पटक उसका हृदय क्रिस्टलको सियोले उनिन्छ तब सच्चाई, त्यो सत्य मूलको पानि झैँ बाहिर आउदछ ।

६. यथार्थवादी बन्ने गर, असम्भवको माग गर । Be realistic, demand the impossible!

७. यो संसारको कुनै पनि भागमा कुनै पनि व्यक्ति माथि भएको अन्यायलाई भित्री गहिराइ देखि अनुभूत गर्ने प्रयाश गर्ने गर्नु; यो नै एउटा क्रान्तिकारीको सबैभन्दा सुन्दर गुण हो ।

८. पहिले संसारले तिमीलाई बदल्न देउ ताकी तिमीले संसारलाई बदल्न सकौ ।

९. संघर्ष विना स्वतन्त्रता प्राप्त हुन्छ भने कुरामा विश्वास गर्ने हामीलाई कुनै अधिकार छैन ।

१०. कुनैकुरा हासील गर्न पहिले हामीले कुनै कुरा गुमाउनु पर्दछ ।

११. जब संसारमा कसैमाथी अन्याय हुन्छ तब आक्रोशसँगै काप्न सक्ने क्षमता छ भने; तब मात्र हामी कमरेड हुन् सक्छौ ।

१२. युवाहरुले एउटा जमातको रुपमा सोच्ने र गर्ने गर्नुपर्दछ; आफ्नोलागी मात्र सोच्नु अपराधिक कार्य हो ।

१३. मेरो आफ्नो पैतालाको बलले बाच्नको लागि मर्नु पनि पर्दछ भने म तयार छु ।

१४. मौनता पनि एउटा तर्क हो; अर्को तरिकाबाट व्यक्ति गरिएको ।

१५. जब कुनै चिजको निम्ति मर्न तयार हुदैनौ भने त्यस चिजलाई बाच्नको निम्ति पाउदछौ भन्नेमा ढुक्क हुन सकिदैन ।

१६. शिक्षा प्रणालीको पर्खाल हटाउनु जरुरी छ किनकि शिक्षा जससँग पैसा छ उसको बालबच्चाले मात्र पढ्न पाउने गरी कसैको सुविधाको लागि मात्र हुनुहुदैन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!