विविध

यो महामारीले मानव जातीलाई सिकाएको पाठ

१. लाकडाउनले एक चिज त सिकाइदियो, जिन्दगि जिउनको लागि खर्च त धेरै कम छ, लाइफस्टाइल र देखाउनलाई नै धेरै खर्च रहेछ ।

२. प्रत्यक त्यो व्यक्तिलाई शक्ति दिनुहोस् भगवान जो यस कठिन समयमा मानवतालाई बचाउन लागि परिरहेका छन् ।

३. जीवनमा पहिलो पटक यस्तो घटना भएको छ मान्छेले बाच्नको लागि कमाउन छोडेका छन् ।

४. दुनियादेखि टाढा बस्नु एक्लाएक्लै कोठामा रमाउनु पहिलेदेखि बानि भइसकेको छ; झन लकडाउन एउटा बाहाना थपिएको छ ।

५. समस्याको हल र कर्मको फल चाहे ढिला नै किन नहोस तर मिल्छ जरुर ।

६. समस्या त छ नि ! एक गरिव मजदुर भन्दै थिए ‘यो कस्तो दिन आयो बाहिर निस्किए रोगले मारिने भित्र बस्यो भने भोकले मारिने ।’

७. अवसर यो आएको छ कि एक्लै बस्न सिक्नु साथी भोलीको भिडभाडमा काम लाग्नेछ ।

८. रोगले शारीरिक रुपमा आक्रमण गर्नु अघि यदि तपाइले गलत कुराहरु पढ्ने/सुन्ने गर्नुहुन्छ भने तपाईको मानसिक अवस्थालाई पहिल्यै आक्रमण गर्नेछ ।

९. आज यस्तो दिन आएको छ कि देशभक्तिको लागि लड्न बाहिर जानु परेको छैन, घर भित्रै बसिदिनु नै देशको लागि लड्नु भइदिएको छ ।

१०. मान्छेको भागदौडमा हिड्नेले दुनियाको रमाइलो त भेट्छ तर त्यो सँगै जोडिएको दुख, दर्द, धोका, प्रतिष्पर्धा पनि पाउदछ तर जो व्यक्ति आफू भित्र आफैमा डुब्न जान्दछ त्यो व्यक्ति सदा खुसी रहन्छ किनकी त्यहा न धोका हुन्छ न प्रतिष्पर्धा ।

११. आज एउटा यस्तो रोग आएको छ जसले मानिस केही हप्तालाई एक अर्का देखि अछुत बस्नु परिरहेको छ र पनि कति कठिन लागेको छ तर ति मानिसहरु जसलाई जसजले सधै आछुतको व्यवहार गर्यो उनीहरुलाई कस्तो भैरहको होला जसले जन्मेदेखी आछुत बन्नु परिरह्यो ।

१२. आज थाहा भएको छ; पैसा जति नै होस् तपाईसँग तर पनि त्यसको कुनै मूल्य हुनेछैन ।

साथीहरु यो कठिन समय आएको छ; मानव इतिहासमा यस्ता धेरै कठिन समय आएका थिए र त्यसलाई जितेका थिए पनि तर त्यो जितको लागि धेरै कुर्वान पनि गर्नु परेको थियो । अहिले पनि हाल केही यस्तै भएको छ; हो धेरै गुमाउनु परिरहेको छ तर धैर्य गरौ यसबाट पनि अवश्य जित्न सकिनेछ । घरै बसौ; बाहिर ननिस्किऔ- यही नै यो विरुद्ध लड्ने सबैभन्दा अचुक अश्त्र हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!