प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

कार्ल मार्क्सका १४ उत्कृष्ट भनाइहरु

१. आफूलाई त्यस्ता व्यक्तिहरुको ओरिपरी राख्नु जसले तिमीलाई खुसी बनाउदछन् । जसले तिमीलाई हसाउदछन, जसले तिमीलाई आवश्यकतामा सहयोग गर्दछन । ति व्यक्तिहरु जसले साचो अर्थमा सहयोग गर्दछन । तिनीहरु नै जीवनमा साथ राख्नको निम्ति सबैभन्दा उत्तम व्यक्तिहरु हुन् । बाकीं सबै त आउने जानेहरु हुन् ।

२. मानिसलाई इतिहास देखि टाढा राख्नु तब उनीहरु माथि सजिलै नियन्त्रण पाउन सकिन्छ ।

३. जब पिडा भोग्नेहरूले सोच्न सुरु गर्दछन तब सोच्नेहरूले पिडा भोग्न सिक्न सुरु गर्दछन ।

४. सधै आफ्नो बाटोमा हिड्नु भलै मानिसहरुले जे सुकै भनुन ।

५. एउटा अघाएको व्यक्तिले भोको मानिसको आवश्यकतालाई बुझ्न सक्दैन ।

६. साम्यवादको सिद्धन्तलाई एक वाक्यमा सारसंक्षेप गर्दा- सबै निजि सम्पतिको खारेज गर्नु हो ।

७. हाम्रो कार्य संसारलाई बुझ्नु मात्र होइन बल्की संसारलाई बदल्नु हो ।

८. धर्मको विरोध गर्नु सबै किसिमको बिरोधको सुरुवात हो ।

९. विलासिता भनेको प्रकृतिका आवश्यकताको विपरित कुरा हो ।

१०. अन्तिम शब्द तिनी मुर्खहरुको निम्ति हो जसले विश्वास आफूले पर्याप्त कुरा भन्न नसकेको कुरा विश्वास गर्दछन ।

११. बहादुरहरुले आफ्नो इतिहास आफै बनाउदछन् ।

१२. मानसिक तनावको एउटा मात्र एन्टीडोट शारीरिक कष्ट हो ।

१३. सम्पतिको अधिग्रहण पाटो हो भने यसकै आर्को पाटो भनेको दुख, कष्ट, मानसिक गिरावट, इत्यादीको पनि अघिग्रहण गर्नु हो ।

१४. मलाई पैसा मन पर्दैन किनकि यही नै लडाईंको कारण हो ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!