प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

हेनरी फोर्डका सर्वोत्कृष्ट भनाइहरु

१. साथ आउनु सुरुवात हो । साथ रहनु प्रगति हो ।  साथ काम गर्नु सफलता हो ।

२. जब साबैथोक तिम्रो विरुद्ध गइरहेको छ भने पनि नआत्तिउ, यो ख्याल राख कि हवाईजहाज हावाको उल्टो दिशालाई चिरेर मात्र उड्ने गर्दछ. हावासँगै होइन ।

३. असफलता भनेको फेरी सुरुवात गर्ने अवसर हो, यसपटक अरु अनुभवका साथ ।

४. शिक्षाको उद्देश्य मानिसको मस्तिष्कमा तथ्य र तथ्याकंले भर्नु होइन बरु सोच्नमा कसरी मस्तिष्कको प्रयोग गर्ने भन्ने सिकाउने हुनुपर्दछ ।

५. म गर्न सक्छु वा म गर्न सक्दिन- तिमि जे सोच तर दुवै अवस्थामा तिमि सही छौ ।

६. कुनैपनि चिज विशेष किसिमले गाह्रो छैन यदी तिमि त्यो कामलाई सानो सानो भागमा विभाजन गरेर गर्दछौ भने ।

७. जसले सिक्न बन्द गर्दछ त्यो बुढो हुन पुग्दछ चाहे उ विस वर्षको होस् वा असी वर्ष । जो निरन्तर सिकिरहन्छ उ सदैव जवान रहिरहन्छ । जीवनको महानतम चिज भनेको आफूलाई सधै जवान राखिराख्नु हो ।

८. यदि तिमि भविष्यको बारेमा सोच्दैनौ भने तिम्रो कुनै भविष्य हुनेछैन ।

९. यदि सबैजना सँगसँगै अघि बढिरहेका छन् भने सफलताले आफ्नो काम आफै गर्न थाल्नेछ ।

१०. सोच्नु शायद सबैभन्दा कठिन कार्य हो, यसैले त यो कार्यमा निकै कम मात्र सहभागी हुने गर्दछन ।

११. श्रेष्ठतामा विश्वास गर ! सधै श्रेष्ठ हुने लक्ष्य राख । आफ्नो श्रेष्ठता भन्दा कममा कहिल्यै चित्त बुझाएर नबस । सधै आफ्नो तर्फबाट सर्वोत्कृष्टता दिने प्रयत्न गर र यसरी कालान्तरमा तिम्रो सफलताको परिणाम पनि सर्वोत्कृष्ट आउनेछ ।

१२. एउटा मात्र वास्तविक गल्ति भनेको त्यो गल्ति हो जसबाट हामीले केही सिक्न सक्दैनौ ।

१३. प्रणालीलाई बदल्न तयार हौ, तरिकाहरुलाई मिल्काउन तयार हौ, कुनै पनि सिद्दान्तलाई त्याग्न तयार हौ, यदी कुनै काममा सफल हुन आवश्यक पर्छ भने ।

१४. गल्ती नखोज, त्यसको समाधान खोज ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!