प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

वारेन बफेटका धनि बन्न सिकाउने चौध भनाइहरु

१. यदि तिमिले सुतिरहदा पनि पैसा कमाउने माध्यम भेट्टाउन सक्दैनौ भने तिमीले मरुन्जेल काम गर्नुपर्ने हुनेछ ।

२. सबैभन्दा उत्तम लगानी भनेको आफै माथिको लगानी हो… जति तिमि सिक्नसक्छौ उति बढी कमाउन सक्दछौ ।

३. एउटा व्यक्तिमा यी तिन गुणहरु खोज्ने गर्नु- विद्वता, उर्जा र इमान्दारिता । यदि अन्तिमको गुण छैन भने अघिल्ला दुई गुणका लागि कष्ट नगर्नु ।

४. खर्च गरिसकेपछि बाकीं रहेको पैसालाई बचत गर्ने होइन, बचत गरिसकेपछि बाकीं रहेको पैसालाई खार्च गर्ने गर्नु ।

५. हामी अरुभन्दा ज्यादा स्मार्ट बन्नु आवश्यक छैन तर अरु भन्दा बढी अनुशासित अवश्य बन्नुपर्ने हुन्छ ।

६. एक युवाले गर्न सक्ने सबैभन्दा उत्तम लगानी भनेको आफ्नो दिमागको लागि शिक्षामाथिको लगानी हो । किनकि पैसा आउछ जान्छ, सम्बन्ध बन्छ टुट्छ तर जब तिमीले सिकेको कुरा तिमिसँग बस्छ भने त्यो सधैभारीलई रहन्छ ।

संसारको खुसी मानिसहरुसँग सबैभन्दा उत्तम चिजहरु हुदैन तर उनीहरुले आफूसँग जे छ त्यसलाइ मनैदेखि सर्वोत्तम मानेर स्वीकार गर्दछन ।

७. स्टक मार्केटमा तिमीले गर्न सक्ने गल्ति भनेको ताजा हेडलाइनक आधारमा किनबेच गर्नु हो ।

८. यदि तिमीले आफ्नो भावनालाई नियन्त्रण गर्न सक्दैनौ भने तिमिले पैसा माथी नियन्त्रण गर्न सक्दैनौ ।

९. आफ्नै गल्तिबाट सिक्नु उत्तम कुरा हो, अर्काको गल्ति बाट सिक्नु झनै सर्वोत्तम कुरा हो ।

१०. तिमीलाई जुन चिज आवश्यक छैन त्यो चिज किन्दछौ भने तिमीलाई जे चिज आवश्यक छ त्यसलाई बेच्नु पर्ने हुनेछ ।

११. सफल लगानीको लागि समय, अनुसाशन अनि धैर्यताको आवश्यकता पर्दछ । तिमीले केही उपर जति नै मेहेनत र सिप खर्च गर केही चिज सफल हुन समय लाग्दछ नै । तिमीले नौ जना महिलालाई गर्भवती बनाएर एक महिनामै बच्चा जन्माउन सक्दैनौ ।

१२. दिनमा ५०० पन्ना पढ्ने गर्नु, यसरीनै ज्ञानको विकास हुन्छ यसले चक्रिय व्याज जसरी तिमीलाई फाइदा दिनेछ ।

१३. जुन काम तिमीलाई मन पर्छ त्यसलाई शोख बनाउ, जुन चिज संसारलाई मनपर्छ त्यसलाई व्यवसाय बनाउ ।

१४. संसारको खुसी मानिसहरुसँग सबैभन्दा उत्तम चिजहरु हुदैन तर उनीहरुले आफूसँग जे छ त्यसलाइ मनैदेखि सर्वोत्तम मानेर स्वीकार गर्दछन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!