प्रेरक भनाइहरु व्यक्ति विशेष प्रेरक भनाइहरु

इरफान खानका केही यादगार भनाइहरु

इफान खान, जो धेरैको ह्रदयमा बस्न सफल भएका थिए, आफ्नो जादुमयी अभिनयले करोडौं दिलमा ठाउ बनाउन सकेका थिए ! आज उनि संघर्षको मैदान हुदै यति माथिसम्म आएर सफलताको डिल हुदै हामीबाट ओझेल परेकाछन, कहिल्यै नफर्कने गरी । इरफान खानको नामलाई साक्षी राखरे हामीले यो पक्कै भन्न सक्छौ कि भलै ज्ञानले मानिसलाई जति नै शक्तिशालि किन नबनाओस, तर सम्मान त वस चरित्रको नै मिल्दछ । आज लाखौंको सम्मान उनीप्रति श्रद्धाञ्जलीको रुपमा पोखिएको छ । सफलता पोष्ट समूहको तर्फबाट पनि उनिप्रति हार्दिक श्रदासुमन अर्पण गर्दै, उनका यी केही भनाइहरु र उनका केही डायलगहरु अर्पण गर्दछौ;

इरफान खानका केही भनाइहरु

१. मानिसहरु मेरो कामलाई हेर्न मन पराउदछन, मेरो अनुहारलाई होइन… ।

२. भाषाले एक व्यक्तिलाई कहिल्यै पनि सम्भ्रान्त बनाउन सक्दैन ।

३. प्रतिभाको कसरी सदुपयोग गर्ने, हरेक राष्ट्रले यो कुरा सिक्न जरुरी छ ।

४. एउटा अभिनेताको अन्तर चाहना यहि हुन्छ कि उ सबै भन्दा धेरै दर्शकसम्म पुग्न सकुन ।

५. हुनसक्छ, लोकप्रिय बन्नु भनेको जे कुराको तिमिभित्र कमि थियो त्यो कुरा आब भरिएको छ भनेर पुन:विश्वस दिलाउनु हो ।

६. असल समाजको एउटा लक्षण भनेको त्यो हो जहाँ प्रतिभाशालीहरु सम्मानित हुन्छन ।

७. म मानिसहरुलाई मनोरञ्जन दिन चाहन्छु तर केही यथार्थता सहित ।

इरफान खानका केही डायलगगरु

१. सम्बन्धमा विश्वास अनि मोबाईलमा नेटवर्क हुदैन भने मानिसहरु गेम खेल्न सुरु गर्दछन ।

२. माया थियो यसैले जान दिए, जिद हुन्थ्यो त अँगालोमा हुने थियौ ।

३. भाग्यको एउटा खास कुरा यो हुन्छ कि यो बदलीन्छ अवश्य ।

४. असल दुनियाँको त्यो किस्सानै सकिएको छ, अब जस्तो दुनिया उस्तै म ।

५. चोट खाएको साथी दुश्मन भन्दा पनि खतरनाक हुन्छ ।

६. गल्ति पनि प्रेमको जस्तै हुन्छ, गर्नुपर्दैन वस भइ दिन्छ ।

७. समयले कहिले पंखा लगाएर उडीसकेछ थाहा नै पाइएन ।

माथीको सामग्री कस्तो लाग्यो ? आफ्नो प्रतिक्रिया लेख्नुहोला !

error: Alert: This content is copyright protected. DO NOT COPY!!!